कांग्रेसले विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनामा समन्वय गर्ने | Khabarhub Khabarhub

कांग्रेसले विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनामा समन्वय गर्ने


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसले बाढी पहिरो प्रभावित क्षेत्रमा पार्टीका जिल्ला र गाउँ नगर कार्यसमितिको बैठक बसी स्थानीय सरकारसँग समन्वय गरी उद्धार, राहत र पुनः स्थापनाकार्यमा अग्रसरता लिने भएको छ ।

कांग्रेसका महामन्त्री गगनकुमार थापाको अध्यक्षतामा पार्टीको ‘बाढी पहिरो पीडित राहत तथा पुनःस्थानपना समन्वय समिति’को आज बसेको बैठकले उपरोक्त कार्यका लागि आवश्यक समन्वय गर्ने समेत निर्णय गरेको पार्टीका कावा मुख्यसचिव डा प्रदिप पराजुलीले जानकारी दिए ।

बैठकले बाढी पहिरो ग्रस्त क्षेत्रमा भएको जनधनको क्षति र बाढी पहिरोको कारण नागरिकले भोग्नुपरेको कठिनाई, उद्धार, राहत, सुरक्षा र पुनःस्थानपनालगायत विषयमा अबिलम्ब काम गर्न पार्टीको तर्फबाट प्रधानमन्त्रीलाई सुझावपत्र बुझाउने निर्णय गरेको छ ।

यसैगरी बाढी पहिरो वढी प्रभावित प्रदेशका प्रदेश सरकारलाई उद्धार, राहत र पुनःस्थानपनाका सन्दर्भमा थप क्रियाशील बनाउन कांग्रेस प्रदेश कार्यसमितिको तर्फबाट ध्यानाकर्षण गराइने र त्यसका लागि पार्टी केन्द्रले, प्रदेश कार्यसमितिसँग आवश्यक समन्वय र सहजीकरण गर्ने उनले बताए ।

बाढी र पहिरोबाट पीडित परिवारको सुरक्षा गर्न, तत्काल राहत उपलब्ध गराउन र अस्थायी आवास निर्माण एवं पुनःस्थापनाकार्यलगायत प्रभावकारी ढङ्गले काम गर्न गराउन कांग्रेसको तर्फबाट निर्वाचित स्थानीय सरकारलाई क्रियाशील बनाउने बैठकको निर्णय छ ।

कांग्रेसले नेपाल लोकतान्त्रिक इन्जिनियर्स एशोसिएशन (सिडेन)को संयोजनमा डिपान तथा सम्बन्धित सङ्घसंस्थाका प्रतिनिधि सम्मिलित विज्ञ समूह गठन गरी बाढी पहिरोबाट क्षतिग्रस्त क्षेत्रमा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ ।

यसैगरी नेपाल विद्यार्थी सङ्घको संयोजनमा बाढी पहिरोले क्षति बनाएका र प्रभावित क्षेत्रमा वसोवास गर्ने परिवारका लागि तत्काल राहत आवश्यक भएको स्थान पहिचान गरी स्थानीय प्रशासन र स्थानीय सरकारसँग समेत समन्वय गरी राहत सामग्री उपलब्ध गराइने छ । नेपाल महिला सङ्घको संयोजनमा बाढी पहिरो ग्रस्त र प्रभावित समुदायमा सचेतना र तहगत सरकारसँग समन्वय गरी स्वास्थ्य शिविरलगायता कार्यक्रम सञ्चालन गर्ने बैठकको निर्णय छ ।

बैठकले नेपाल तरुण दलको संयोजनमा लोकतान्त्रिक खेलकुद सङ्घसँग समेत समन्वय गरी वाढीले भत्काएका संरचनाको व्यवस्थापन तथा वाढी र नदिजन्य फोहोर पसी निजी तथा सार्वजनिक स्थानमा भएका अवरोध हटाई आवश्यक स्थानमा स्थानीय सरकारसँगको समन्वयमा अस्थायी आवास संरचना निर्माण गर्ने निर्णय गरेको कावा मुख्यसचिव डा पराजुलीले बताए।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ९ : ४८ बजे

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं – महानगरपालिका–१६ बनस्थली चोकस्थित सडकमा आज बसको ठक्क्रबाट पैदलयात्रुको

अध्यादेशबाट प्रवासी नेपालीलाई मताधिकार दिन सम्भव छ ?

काठमाडौं– अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै

तीन ठूला दलमा बढ्दैछ नेतृत्वको परिवर्तनको माग

काठमाडौं– जेन-जी आन्दाोलन यता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र

मन्त्री बन्ने हल्लापछि विजय लामाले भने- धेरै जनाले प्रस्ताव राख्नुभएको छ रे तर, मलाई कुनै जानकारी छैन

काठमाडौं– क्याप्टेन विजय लामा अन्तरिम सरकारको पर्यटनमन्त्री बन्ने हल्ला बाहिरिएको