कांग्रेसले विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनामा समन्वय गर्ने « Khabarhub

कांग्रेसले विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनामा समन्वय गर्ने


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसले बाढी पहिरो प्रभावित क्षेत्रमा पार्टीका जिल्ला र गाउँ नगर कार्यसमितिको बैठक बसी स्थानीय सरकारसँग समन्वय गरी उद्धार, राहत र पुनः स्थापनाकार्यमा अग्रसरता लिने भएको छ ।

कांग्रेसका महामन्त्री गगनकुमार थापाको अध्यक्षतामा पार्टीको ‘बाढी पहिरो पीडित राहत तथा पुनःस्थानपना समन्वय समिति’को आज बसेको बैठकले उपरोक्त कार्यका लागि आवश्यक समन्वय गर्ने समेत निर्णय गरेको पार्टीका कावा मुख्यसचिव डा प्रदिप पराजुलीले जानकारी दिए ।

बैठकले बाढी पहिरो ग्रस्त क्षेत्रमा भएको जनधनको क्षति र बाढी पहिरोको कारण नागरिकले भोग्नुपरेको कठिनाई, उद्धार, राहत, सुरक्षा र पुनःस्थानपनालगायत विषयमा अबिलम्ब काम गर्न पार्टीको तर्फबाट प्रधानमन्त्रीलाई सुझावपत्र बुझाउने निर्णय गरेको छ ।

यसैगरी बाढी पहिरो वढी प्रभावित प्रदेशका प्रदेश सरकारलाई उद्धार, राहत र पुनःस्थानपनाका सन्दर्भमा थप क्रियाशील बनाउन कांग्रेस प्रदेश कार्यसमितिको तर्फबाट ध्यानाकर्षण गराइने र त्यसका लागि पार्टी केन्द्रले, प्रदेश कार्यसमितिसँग आवश्यक समन्वय र सहजीकरण गर्ने उनले बताए ।

बाढी र पहिरोबाट पीडित परिवारको सुरक्षा गर्न, तत्काल राहत उपलब्ध गराउन र अस्थायी आवास निर्माण एवं पुनःस्थापनाकार्यलगायत प्रभावकारी ढङ्गले काम गर्न गराउन कांग्रेसको तर्फबाट निर्वाचित स्थानीय सरकारलाई क्रियाशील बनाउने बैठकको निर्णय छ ।

कांग्रेसले नेपाल लोकतान्त्रिक इन्जिनियर्स एशोसिएशन (सिडेन)को संयोजनमा डिपान तथा सम्बन्धित सङ्घसंस्थाका प्रतिनिधि सम्मिलित विज्ञ समूह गठन गरी बाढी पहिरोबाट क्षतिग्रस्त क्षेत्रमा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ ।

यसैगरी नेपाल विद्यार्थी सङ्घको संयोजनमा बाढी पहिरोले क्षति बनाएका र प्रभावित क्षेत्रमा वसोवास गर्ने परिवारका लागि तत्काल राहत आवश्यक भएको स्थान पहिचान गरी स्थानीय प्रशासन र स्थानीय सरकारसँग समेत समन्वय गरी राहत सामग्री उपलब्ध गराइने छ । नेपाल महिला सङ्घको संयोजनमा बाढी पहिरो ग्रस्त र प्रभावित समुदायमा सचेतना र तहगत सरकारसँग समन्वय गरी स्वास्थ्य शिविरलगायता कार्यक्रम सञ्चालन गर्ने बैठकको निर्णय छ ।

बैठकले नेपाल तरुण दलको संयोजनमा लोकतान्त्रिक खेलकुद सङ्घसँग समेत समन्वय गरी वाढीले भत्काएका संरचनाको व्यवस्थापन तथा वाढी र नदिजन्य फोहोर पसी निजी तथा सार्वजनिक स्थानमा भएका अवरोध हटाई आवश्यक स्थानमा स्थानीय सरकारसँगको समन्वयमा अस्थायी आवास संरचना निर्माण गर्ने निर्णय गरेको कावा मुख्यसचिव डा पराजुलीले बताए।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ९ : ४८ बजे

आजका समाचार : कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग, मनाइयो इद, मौसममा सुधार हुँदै र अमेरिकाले इरानमाथिको दबाब घटाउने

पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थाननेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर

उराँव समुदायले मनाए सरहुल पर्व

इनरुवा (सुनसरी)- सदरमुकाम इनरुवासहित सुनसरी जिल्लाका विभिन्न स्थानमा बसोबास गर्दै

राजकुमारका सिर्जनामा ‘सहअस्तित्व’को खोजी

काठमाडौं– एकसट्ठिऔँ अन्तरराष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसका अवसरमा आज

भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित

हनोई- भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू निर्वाचित

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबैलाई मुख्यालय झिकाइयो

काठमाडौँ- कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका