स्कटल्याण्डविरुद्ध नेपालको शानदार जित : सन्दीपले तीन विकेट लिँदा आरिफले बनाए अर्धशतक « Khabarhub

क्रिकेट विश्वकप लिग–२

स्कटल्याण्डविरुद्ध नेपालको शानदार जित : सन्दीपले तीन विकेट लिँदा आरिफले बनाए अर्धशतक


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डमाथि नेपालले पाँच विकेटको जित निकालेको छ। टस जितेर सुरुमा बलिङ गरेको नेपालले पाएको १५५ रनको लक्ष्य पाँच विकेटको क्षतिमा २९.५ ओभरमा १२१ बल बाँकी हुँदा १५७ रन बनाउँदै पूरा गरेको हो।

पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४१.४ ओभरमा सबै विकेट गुमाउँदै १५४ रन बनाएको थियो। स्कटल्याण्डलाई सस्तैमा समेट्न नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए । १० ओभर बलिङ गरेका सन्दीपले एक मेडन राख्दै ४५ रन खर्चिएर तीन विकेट हात पारेका हुन्।करण केसी, सोमपाल कामी र गुल्सन झाले दुई दुई विकेट हात पारे।

अलराउण्ड प्रदर्शन गरेका आरिफ शेखले बलिङतर्फ तीन ओभर बलिङ गर्दा ९ रन दिएर एक विकेट हात पारे भने ब्याटिङतर्फ अर्धशतक बनाउँदै म्यान अफ द म्याच बने। नटआउट शेखले ४२ बलको सामना गर्दा आठ चौकाको मद्दतमा ५१ रन बनाएका हुन्।

१० ओभर बलिङ गरेका सन्दीपले एक मेडन राख्दै ४५ रन खर्चिएर तीन विकेट हात पारेका हुन्। ९ ओभर बलिङ गरेका करण केसीले एक मेडन राख्दै २६ रन खर्चिएर दुई विकेट हात पार्दा ८.४ ओभर बलिङ गरेका सोमपाल कामीले एक मेडन राख्दै ३२ रन खर्चिएर दुई विकेट लिए। ९ ओभर बलिङ गरेका गुल्सनले दुई विकेट हात पार्दै ३३ रन मात्र दिए । दुई ओभर बलिङ गर्दा ६ रन खर्चिएका दीपेन्द्रसिंह ऐरी भने विकेट बिहीन रहे ।

ब्याटिङतर्फ  नेपालका लागि कुशल भुर्तेल र गुल्सन झाले २५/२५ रन बनाए । कुशलले ३४ बलमा दुई चौकाको मद्दतमा २५ रन जोड्दा नटआउट गुल्सनले ३० बलमा तीन चौका र एक छक्काको मद्दतमा २५ रन बनाएका हुन् ।

ओपनर आसिफ शेखले ३४ बलमा एउटा चौकासहित २१ रन बनाए भने अर्का ओपनर अनिल शाह १९ बलको सामना गर्दा एक छक्कासहित १३ रन बनाएर आउट भए । कुशल मल्लले १८ बलको सामना गरेर मात्र ७ रन बनाएको खेलमा कप्तान रोहित पौडेल तीन बल खेल्दा १ रनमा आउट भए ।

अमेरिकासँगको अघिल्लो खेल गुमाएको नेपालले लिग २ मा १० खेल खेल्दा दोस्रो जित निकालेको हो।

स्कटल्यान्डका लगि मार्क वाटले ३४ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले राम्रो स्कोर खडा गर्न सकेनन् । उसका लागि  ब्राण्डम म्याकुलमले दुई विकेट लिँदा ब्राड कुरी, मार्क वाट र ज्याक जार्विसले समान एकएक विकेट हात पारेका थिए ।

अमेरिकासँगको अघिल्लो खेल गुमाएको नेपालले लिग– २ मा १० खेल खेल्दा दोस्रो जित निकालेको हो । नेपाल लिग–२ को तालिकामा पाँच अंकसहित सातौं स्थानमा कायम छ । ९ खेल खेलेको स्कटल्याण्ड ११ अंकसहित चौथो स्थानमा छ । क्यानडा १६ अंकसहित शीर्ष स्थानमा छ भने १४ अंकसहित अमेरिका दोस्रो स्थानमा छ । १२ अंकसहित नेदरल्यान्ड तेस्रो स्थानमा छ भने नामिबिया १० र ओमान ६ अंकसहित पाँचौ र छैटौं स्थानमा छन् । यूएई भने दुई अंकसहित तालिकाको पुछारमा छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ५ : १९ बजे

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक