के टाउको दुख्यो ? चिकित्सकको खबरदारी- पेनकिलर खाएर नबस्नुस् | Khabarhub Khabarhub

के टाउको दुख्यो ? चिकित्सकको खबरदारी- पेनकिलर खाएर नबस्नुस्

मदिरा सेवनले बढाउँदैछ टाउकोको पीडा


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

टाउको दुखाई आमसमस्या हो। निरन्तरको टाउको दुखाइले नसोचेका परिणाम ल्याउने भएकाले आफैं चिकित्सक बनेर पेनकिलर नखान विज्ञहरुले सुझाएका छन्। टाउको कसलाई कतिबेला दुख्छ पत्तो हुन्न। सबै उमेर समूहकाहरु टाउको दुखाइका भागेदार बन्न सक्छन्। गर्दनदेखि माथि टाउकाको कुनै पनि भागमा आफूलाई थाहा पाउने गरी दुखाई भयो भने त्यसलाई टाउको दुखेको मानिन्छ।  टाउको दुख्नु कुनै छुट्टै रोग होइन। सामान्यतया कहिलेकाहीँ भोक लाग्दा, निद्रा नपुग्दा, धेरै तनाव लिँदा पनि हामीले टाउको दुखेको महसूस गर्छौं। त्यस्तो दुखाई केही समयमा आफैं निको भएर जान्छ। तर यस्ता कुनै कारण बिना नै लगातार टाउको दुख्यो भने केही अरु नै समस्या छ कि भनेर जँचाउनुपर्ने चिकित्सक बताउँछन्। यसरी लगातार टाउको दुखिरहँदा पनि सिटामोल, पेनकिलर खाएर, टाउकोमा कपडा बाँधेर बस्नु घातक हुने चिकित्सकको भनाइ छ। टाउको दुखाइको समस्यालाई हामीले कसरी बुझ्ने ? टाउको दुखाइको मुख्य कारण के हो ? कस्तो दुखाई हुँदा तत्काल उपचारमा जानुपर्छ ? टाउको दुखाइको समस्याबाट बच्न के गर्ने ? यिनै विषयमा वीर अस्पतालमा कार्यरत कन्सल्ट्यान्ट न्यूरोलोजिष्ट डा. अविनाश चन्द्रसँग गरिएको कुराकानी :

टाउको दुखाइको समस्यालाई हामीले कसरी बुझ्ने ?
विश्वमा सबैभन्दा धेरै हुने एउटा रोगको लक्षण दुखाई हो। त्यो दुखाई मध्येको आम समस्या टाउको दुखाई हो। उमेरका हिसाबले यो जुनसुकै उमेरमा पनि देखिन्छ। टाउको दुखाई धेरै किसिमको हुन्छ, जस्तै कुनै दुखाई टन्किने हिसाबले दुख्ने, भारी उचालेको जस्तो टाउको नै भारी हुने, सुइरो रोपेको जस्तो हुने, पोलेको जस्तो हुने, लगायत रोगअनुसार फरक फरक तरिकाले टाउको दुख्छ।

कुनै दुखाई टन्किने हिसाबले दुख्ने, भारी उचालेको जस्तो टाउको नै भारी हुने, सुइरो रोपेको जस्तो हुने, पोलेको जस्तो हुने, लगायत रोगअनुसार फरक फरक तरिकाले टाउको दुख्छ।

टाउको दुखाईको मुख्य कारण के हो ?
टाउको दुखाइका कारणहरु धेरै छन्। तर आमरुपमा जुन हामीले धेरै देखिराख्ने समस्याहरु तनाव, एञ्जाइटी, डिप्रेशन लगायत मानसिक समस्याका कारणले टाउको दुख्छ भने अन्य भित्री रोगहरु जस्तै इन्फेक्शन, किटाणु, जीवाणुहरु हाम्रो शरीर भित्र छिर्दा, ज्वरो आउँदा पनि टाउको दुख्ने समस्या हुन्छ।

त्यस्तै जटिल रोग ट्युमर पलाउँदा, आँखाको पावर नमिल्दा, टाउकोमा जाने रक्तनलीमा कुनै खराबी हुँदा, मुटुमा समस्या हुँदा, शरीरका अन्य भागहरुको दुखाइसँगसँगै पनि टाउको दुखाइको समस्या देखिने गरेको छ।

यी विभिन्न कारणमध्ये धेरै टाउको दुखाइको कारण अहिले माइग्रेनलाई मानिएको छ। तर सबै टाउको दुखाई माइग्रेन होइन। दुखाइको आधारमा भन्नुपर्दा कस्तो रोगमा कस्तो किसिमको टाउको दुखाई हुन्छ ? हो यो हामी सबैले बुझ्न जरुरी छ। किनकी सबै किसिमको टाउको दुखाइमा हामीले आत्तिनु पर्दैन र सबै दुखाइलाई सामान्य रुपमा लिनु पनि हुँदैन। जस्तै टाउको दुखाइको लक्षणहरु जुन भलक भलक गरी दुख्छ, जसलाई मेडिकल भाषामा पस्सेटिङ टाइप भनिन्छ। यस्तो दुखाई लगातार हुँदैन, एकछिन दुखेर निको हुने फेरि दुख्ने हुन्छ। त्यस्तै त्यो दुखाइसँगै वाकवाक लाग्ने, टाउको दुख्नुभन्दा पहिले आँखा अगाडि रंगीबिरंगी जस्तो महसुस हुने जस्तो भयो भने माइग्रेन हुनसक्छ। यस्तो खालको दुखाई माइग्रेनमा हुन्छ।

दुखाइसँगै वाकवाक लाग्ने, टाउको दुख्नुभन्दा पहिले आँखा अगाडि रंगीबिरंगी जस्तो महसुस हुने जस्तो भयो भने माइग्रेन हुनसक्छ। यस्तो खालको दुखाई माइग्रेनमा हुन्छ।

त्यस्तै टाउको भारी हुने, लगातार दुखिरहने जस्ता लक्षण टेन्सन हेडेक हुन्। कामको धपेडी हुँदा, कुनै कुरामा तनाव हुँदा यस्तो प्रकारले टाउको दुख्छ। अर्को एक किसिमको दुखाई जुन आँखाको वरिपरि र आँखाको नानी थिचिराखेको जस्तो हुने, भारी बोकेको जस्तो हुने, आँखा घुमाउँदा दुख्ने भयो भने आँखा सुख्खा भएको हुनसक्छ। यस्तो लक्षण देखियो भने आँखाको पावर नमिलेर वा आँखा सुख्खा भएको हुनसक्छ। त्यसैले यस्ता लक्षण देखिँदा चिकित्सककहाँ जानुपर्छ। तर आत्तिनुहुँदैन।

पिनास हुँदा पनि टाउको दुख्छ भनिन्छ, यस्को दुखाई कस्तो हुन्छ ?
पिनास हुँदा पनि अत्यन्तै धेरै दुखाई हुन्छ। तर प्राय जसो पिनासको एरिया जुन हामीले ५ किसिमको हुन्छ भन्छौं। त्यसमध्ये धेरैलाई हुने भनेको नाकको वरिपरि र आँखाको मुनिको एरिया हो। त्यो भाग दुखिरहन्छ र सँगसँगै टाउको पनि दुख्छ।
पिनास हुँदा सुइरो रोपेको जस्तो हुने र टनटन गर्दै कसिएको जस्तो तरिकाले दुखाइ हुन्छ।

टाउको दुख्दा टाउकोमा कपडा बाँध्ने पनि धेरैको बानी हुन्छ। यो कत्तिको उपयुक्त हुन्छ ?
असह्य गरी टाउको दुखेको बेला टाउकोमा कपडा बाँध्यो भने केही सहज महसूस हुन्छ होला। हल्का तरिकाले बाँध्नु कतिपय अवस्थामा ठिकै पनि होला तर त्यो टाउको दुखाइको उपचार होइन। टाउको बाँध्ने खालको दुखाई भनेको पक्कै पनि धेरै हो। उपचार नगरी बारम्बार टाउको बाँधिराख्नु उपयुक्त होइन। टाउको बाँध्ने, कपाल तान्ने गर्दा टाउको दुखाई कम हुन्छ भन्ने धेरैको बुझाइ छ। यी त्यति त्यति राम्रो होइन। यसको परिणाम भनेको कपाल लुज हुँदै जाने, कपाल झर्ने, बारम्बार यसो गरिरहँदा अझ बढी टाउको दुखाइको समस्या हुने हुन्छ, जसलाई हामीले ट्रेक्सन हेडेक भन्छौं।

कपाल तानेर जोरले बाँध्ने पनि कसैको बानी हुन्छ, त्यो कारणले पनि टाउको दुख्ने हुन्छ। त्यस्तै टाउको धेरै दुखेको बेला कसेर बाँधियो भने यसले रक्तसञ्चारमा समस्या ल्याउन सक्छ र टाउको दुख्यो कि बाँधिहाल्ने गर्दा पछि त्यसैको बानी परेर अर्को समस्या निम्त्याउन सक्ने सम्भावना पनि रहन्छ। त्यसैले यसो गर्नु त्यति उपयुक्त मानिदैन।

कपाल तानेर जोरले बाँध्ने पनि कसैको बानी हुन्छ, त्यो कारणले पनि टाउको दुख्ने हुन्छ। त्यस्तै टाउको धेरै दुखेको बेला कसेर बाँधियो भने यसले रक्तसञ्चारमा समस्या ल्याउन सक्छ र टाउको दुख्यो कि बाँधिहाल्ने गर्दा पछि त्यसैको बानी परेर अर्को समस्या निम्त्याउन सक्ने सम्भावना पनि रहन्छ।

कस्तो दुखाइ हुँदा तत्काल उपचारमा जानुपर्छ ?
टाउको दुखाइमा ४/५ वटा कुराहरु बुझिराख्नुपर्छ। जस्तै : लामो समयदेखि टाउको दुखाई भइरेको छ भने थोरै, धेरै दुखाई भएपनि चिकित्सक कहाँ जानैपर्छ। टाउको दुखाइसँगै वाकवाक हुने बान्ताहरु हुने, जस्ता लक्षणहरु देखिए भने टाउको दुखाई सँगसँगै अन्य समस्या जस्तै हात खुट्टा नचल्ने, बोली लर्बराउने, आँखाको ज्योति कम हुँदै जानेजस्ता लक्षणहरु देखिए। बिहान उठ्नेबित्तिकै टाउको दुख्ने, जसलाई हामी अर्लि मोर्निङ हेडेक भन्छौं। त्यस्तै राती सुतिरहेकै बेला एक्कासी टाउको दुख्यो, कहिल्यै टाउको नदुखेको एकैचोटी चट्याङ परेको जस्तो गरेर दुख्यो भने यस्तो दुखाइलाई खतराको लक्षण मानिन्छ, जसलाई थण्डर क्ल्याप हेडेक भनिन्छ। यस्तो खालको दुखाई भयो भने तत्काल अस्पताल जानुपर्छ। त्यस्तै टाउको दुखाइसँगै ज्वरो आउनु, खानामा अरुचि हुनु, कुनैपनि कुराहरु बिर्सिँदै गएर स्मृतिमा समस्या आउनु जस्ता लक्षण देखिए पनि ढिलो नगरी उपचारमा जानुपर्छ।

टाउको दुखाइको समस्या महिला या पुरुष कसलाई बढी देखिन्छ ?
टाउको धेरै कारण छन्। मैले अघि पनि भने ती कारणमध्ये माइग्रेनका कारण टाउको दुख्ने समस्या महिलामा बढी देखिएको छ भने टेन्सन हेडेक महिला पुरुष दुवैमा उस्तै देखिन्छ। तर तुलनात्मक रुपमा पुरुषमा बढी देखिएको छ। त्यस्तै अन्य ट्युमर लगायतका रोगहरु चाहिँ पुरुषमा अधिक देखिएको छ।

टाउको दुखाई बढ्नुमा मदिरा सेवनलाई कारण मान्न सकिन्छ ?
मदिरा सेवनका कारण हुने टाउको दुखाइलाई हामीले ह्याङओभर हेडेक भन्छौं। त्यस्तै माइग्रेन लगायतका रोगलाई पनि मदिरा सेवनले बढाउने काम गर्छ। मदिराकै कारणले दुखाई धेरै भएर दुखाई कम गर्न कडा खालका औषधी प्रयोग गर्नुपर्ने अवस्था आउन सक्छ। मदिरा सेवनका कारणले टाउको दुखाई बढ्ने समस्या एकदमै कमन छ।

रिसर्चमा पनि देखिएको र हामीले क्लिनिकल अभ्यासमा पनि धेरै देखेको माइग्रेन सबैभन्दा कमन हो। जुन महिलाहरुमा धेरै देखिने गरेको छ।

टाउको दुखाई विश्वकै आम समस्या हो भन्नुभयो, नेपालमा के कारणले टाउको दुखेका बिरामीहरु धेरै आउने गरेका छन् ?
रिसर्चमा पनि देखिएको र हामीले क्लिनिकल अभ्यासमा पनि धेरै देखेको माइग्रेन सबैभन्दा कमन हो। जुन महिलाहरुमा धेरै देखिने गरेको छ।

टाउको दुखाइको समस्याबाट बच्न के गर्ने ?
कुनै रोगका कारणले हुने टाउको दुखाईबाट बच्न हामीले कतिपय अवस्थामा सकिँदैन होला। तर हामीले गर्न सकिने कुरामा जस्तै तनावका कारण टाउकोको समस्याबाट बच्नका लागि तनावमुक्त जीवन एकदमै जरुरी छ।

त्यस्तै खानपानमा ध्यान दिने जस्तै कसैलाई माइग्रेन छ भने मदिराको सेवनले त्यसलाई बढाउने काम गर्छ। त्यसैले मदिरा सेवन नगर्ने।

कसैको बानी हुन्छ सामान्य टाउको दुखाईमा औषधीहरु खाइहाल्ने, जसले गर्दा झन धेरै दुख्ने समस्या हुनसक्ने भएकाले दुख्नासाथै औषधीहरु नखाने। त्यस्तै कसैलाई कुनै खानेकुराहरु खाँदा टाउको दुख्छ भने त्यो कुराहरु नखाने।

प्रेसरलाई नियन्त्रणमा राख्ने। टाउको बेलाबेलामा दुखिराख्छ तर अन्य कुनै समस्या छैन भने पनि एकपटक जँचाइहाल्ने। यत्ति कुरामा ध्यान दियौं भने टाउको दुखाईको समस्याबाट बच्न सकिन्छ।

प्रेसरलाई नियन्त्रणमा राख्ने। टाउको बेलाबेलामा दुखिराख्छ तर अन्य कुनै समस्या छैन भने पनि एकपटक जँचाइहाल्ने। यत्ति कुरामा ध्यान दियौं भने टाउको दुखाईको समस्याबाट बच्न सकिन्छ।

कुनै रोगका कारण टाउको दुखेको भए त्यो रोगको उपचारपछि निको होला। तर खाली टाउको मात्रै दुखेको उपचार के हुनसक्छ ?
टाउको दुखाइको उपचारका लागि हामीले चिकित्सकलाई नै प्राथमिकतामा राख्नुपर्छ। चिकित्सकको परामर्श तथा चेकजाँचपछि सामान्य खालको टाउको दुखाई हो अन्य कुनै कारणले दुखेको होइन भने खासै धेरै जाँचहरु गर्नुपर्दैन। बिरामीको समस्या, उमेर, लिङ्ग समय सबै कुरा हेरेर औषधी दिइन्छ।

अर्को भनेको कहिलेकाहीँ टाउको दुख्छ भने खाने औषधीहरु मध्येको सुरक्षित प्यारासिटामोल हो। तर त्यो पनि यत्तिकै धेरै खान हुँदैन। त्यसका पनि आफ्नै साइड इफेक्टहरु छन्। त्यसैले टाउको दुखेको उपचार भन्दा पनि दुख्न नदिनका लागि हामीले के गर्न सक्छौं भनेर सोच्नु नै उत्तम उपचार हो।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ९ : १३ बजे

कश्मीरमा ठूलो आक्रमण- घुम्न गएका पर्यटकलाई चरमपन्थीले नाम सोधीसोधी हानेका थिए गोली

कश्मीर- सन् २०१९ मा पुलवामामा भएयताकै सबैभन्दा ठूलो चरमपन्थी आक्रमण

कश्मीरमा पर्यटकको समूहमाथि चरमपन्थीको आक्रमण, नेपालीसहित कम्तीमा २६ जनाको मृत्यु

कश्मीर- भारतको जम्मु-कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकमाथि अहिलेसम्कै ठूलो चरमपन्थी हमला

शिक्षक र राजावादीको आन्दोलनले ओझेलमा उद्योगी मेला, सबै स्टल बुकिङ हुनै मुस्किल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले वैशाख २५ गतेदेखि आयोजना गर्न

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन विस्तार सम्झौता, भारतीय मन्त्री खट्टरले भने- नयाँ कोसेढुङ्गा

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत्

आन्दोलित शिक्षकलाई निजामती कर्मचारीले साथ दिँदा सरकारलाई धक्का !

काठमाडौं- शिक्षक महासंघको नेतृत्वमा विगत २१ दिनदेखि जारी आन्दोलनको निचोड