गण्डकीका मुख्यमन्त्री पाण्डेको सम्पत्ति : चार जिल्लामा जग्गादेखि करोडौँ बचतसम्म « Khabarhub

गण्डकीका मुख्यमन्त्री पाण्डेको सम्पत्ति : चार जिल्लामा जग्गादेखि करोडौँ बचतसम्म


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सम्पत्ति विभिन्न चार जिल्लामा जग्गादेखि बैंकमा करोडौँ रुपैयाँ बचत रहेको देखिएको छ ।

मुख्यमन्त्री पाण्डेले प्रदेश मुख्यमन्त्री कार्यालयको वेबसाइट मार्फत् सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार अधिकांश सम्पत्ति पैतृक रहेको र केही व्यापार व्यवसायबाट आर्जन गरेको देखिएको छ ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनीसँग गोरखा पालुङटारको वडा नम्बर १ मा ४ कित्ता, काठमाडौं वडा नम्बर ३ मा १ कित्ता र कपिलवस्तुमा २ कित्ता पैतृक सम्पत्ति बापतको जग्गा रहेको छ ।

त्यस्तै मुख्यमन्त्री पाण्डेको भक्तपुरको सूर्यविनायकमा ५ कित्ता जग्गा झण्डै ९ रोपनी रहेको छ । सो जग्गा मोहीबाट कमोत भएको र पारिवारिक सगोलमा नै रहेको सार्वजनिक विवरणमा उल्लेख छ ।

मुख्यमन्त्री पाण्डेसँग ४५ तोला सुन, ७ सय तोला चाँदी, २ सेट हिरा र १ सेट मोतीको गहना रहेको छ । जसको स्रोत उनले पैतृक, जग्गा बिक्रीबाट र तलबमार्फत भनेर उल्लेख गरेका छन् ।

मुख्यमन्त्री पाण्डेको विभिन्न बैंकमा १ करोड भन्दा बढी बचत रहेको र विभिन्न बैंक तथा वित्तीय संस्था र होटेलमा ७५ हजार बढी कित्ता शेयर भएको सार्वजनिक विवरणमा उल्लेख छ ।

त्यस्तै, उनले २०७३ सालमा मारुती बलेरो कार खरिद गरेको समेत आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ११ : ३६ बजे

आजका समाचार : सांसदहरूसँग व्यस्त प्रधानमन्त्री, कांग्रेसमा चर्किँदै द्वन्द्व, एमालेले थप आन्दोलन गर्ने र मध्यपूर्व तनाव झन चुलिँदै

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रैप्रधानमन्त्री बालेन्द्र

स्वास्थ्य मन्त्रालयद्वारा १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज फिर्ता

होटलमा युवती मृत फेला, सञ्चालक फरार

महेन्द्रनगर– धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक होटलमा आज एक युवतीको

किमाथांका अरुण जलविद्युत् आयोजनाबाट प्रभावितलाई १८ करोड मुआब्जा वितरण

किमाथांका– किमाथांका अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई १८ करोड बढी मुआब्जा

ट्याक्टर दुर्घटनामा बालकको मृत्यु

डुम्रे– तनहुँको देवघाट गाउँपालिका–४ काफलडाँडामा ट्याक्टर दुर्घटनामा परी बालकको मृत्यु