गण्डकीका मुख्यमन्त्री पाण्डेको सम्पत्ति : चार जिल्लामा जग्गादेखि करोडौँ बचतसम्म « Khabarhub

गण्डकीका मुख्यमन्त्री पाण्डेको सम्पत्ति : चार जिल्लामा जग्गादेखि करोडौँ बचतसम्म


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सम्पत्ति विभिन्न चार जिल्लामा जग्गादेखि बैंकमा करोडौँ रुपैयाँ बचत रहेको देखिएको छ ।

मुख्यमन्त्री पाण्डेले प्रदेश मुख्यमन्त्री कार्यालयको वेबसाइट मार्फत् सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार अधिकांश सम्पत्ति पैतृक रहेको र केही व्यापार व्यवसायबाट आर्जन गरेको देखिएको छ ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनीसँग गोरखा पालुङटारको वडा नम्बर १ मा ४ कित्ता, काठमाडौं वडा नम्बर ३ मा १ कित्ता र कपिलवस्तुमा २ कित्ता पैतृक सम्पत्ति बापतको जग्गा रहेको छ ।

त्यस्तै मुख्यमन्त्री पाण्डेको भक्तपुरको सूर्यविनायकमा ५ कित्ता जग्गा झण्डै ९ रोपनी रहेको छ । सो जग्गा मोहीबाट कमोत भएको र पारिवारिक सगोलमा नै रहेको सार्वजनिक विवरणमा उल्लेख छ ।

मुख्यमन्त्री पाण्डेसँग ४५ तोला सुन, ७ सय तोला चाँदी, २ सेट हिरा र १ सेट मोतीको गहना रहेको छ । जसको स्रोत उनले पैतृक, जग्गा बिक्रीबाट र तलबमार्फत भनेर उल्लेख गरेका छन् ।

मुख्यमन्त्री पाण्डेको विभिन्न बैंकमा १ करोड भन्दा बढी बचत रहेको र विभिन्न बैंक तथा वित्तीय संस्था र होटेलमा ७५ हजार बढी कित्ता शेयर भएको सार्वजनिक विवरणमा उल्लेख छ ।

त्यस्तै, उनले २०७३ सालमा मारुती बलेरो कार खरिद गरेको समेत आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ११ : ३६ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु