बेनी–दरबाङ हुँदै ढोरपाटन सिरकार आरक्ष « Khabarhub

बेनी–दरबाङ हुँदै ढोरपाटन सिरकार आरक्ष


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनलाई म्याग्दीबाट जोड्न थालिएको छ । म्याग्दीको सदरमुकाम बेनी बजारदेखि दरबाङ–मुना–मरेनीदेखि पातीहाल्ना हुँदै ढोरपाटन जलजला जोड्न थालिएको हो ।

बागलुङतर्फबाट एक दशकअगाडि नै ढोरपाटन जोडिए पनि म्याग्दीबाट अझै १० किलोमिटर ‘ट्र्याक’ खुलाउन बाँकी रहेको छ । विसं २०६७ मा दरबाङबाट सुरु भएको सडकको ट्रयाकले अझै पूर्णता पाएको छैन । सङ्घीय सरकारले उक्त सडकका लागि यस वर्ष पनि बजेट विनियोजन गरेको छ ।

सडक डिभिजन कार्यालय बागलुङमार्फत सडकको काम सुरु हुन थालेको हो । उक्त सडकको ट्रयाक खोल्नका लागि सङ्घीय सरकारले यस वर्ष रु पाँच करोड विनियोजन गरेको सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर अमर अधिकारीले जानकारी दिए ।

गत वर्ष पनि दुई करोड विनियोजन भएको हुँदा उक्त बजेटले पाँच किलोमिटर सडक खुलाएको उनको भनाइ छ । यस वर्ष ढोरपाटनसम्मै सडक पुऱ्याउनका लागि ठेक्का प्रक्रिया अगाडि बढेको अधिकारी बताउँछन्।

उनले भने, ‘गत वर्ष पनि त्यो सडकमा हामीहरूले काम गरेका थियौँ, यस वर्ष पनि बजेट आएको छ, भौगोलिक कठिनाइका कारण अहिलेसम्म ढोरपाटन जोड्न सकिएको छैन, चालु आर्थिक वर्षको बजेटले पनि भ्याउँछ कि भ्याउँदैन, ठेक्का प्रक्रिया अगाडि बढेको छ, पोहोर साल झन्डै पाँच किलोमिटर सडकको ट्रयाक खुलाएका थियौँ, यस वर्ष पनि अब केही दिनमा काम सुरु गर्छौं ।’

धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले धवलागिरि–२ मरेनीदेखि पातीहाल्नेसम्मको १० किलोमिटर ट्रयाक खुलेपछि ढोरपाटन जोडिने बताए। म्याग्दी सदरमुकाम बेनी बजारदेखि पातीहाल्नासम्म ८६ किलोमिटर दूरी रहेकामा हालसम्म करिब ७६ किलोमिटर सडक खुलेको उनको भनाइ छ । यो सडक ‘पर्यटकीय सडक’ हुने निश्चित रहेको भन्दै काठमाडौँ, पोखरा लगायतका सहरदेखि ढोरपाटन पुग्ने पर्यटकलाई छोटो पर्ने उपाध्यक्ष पुन बताउँछन्।

‘यो सडक निर्माण गर्न थालेको धेरै समय भयो, सडक खुलेर ढोरपाटनदेखि यातायात सञ्चालन हुन थाले भने म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका नागरिकलाई यातायातमा सहज हुने नै भयो’, पुनले भने,’त्यसका साथै म्याग्दी हुँदै ढोरपाटन पुग्ने पर्यटकलाई पनि धेरै छिटो हुने थियो, सडक सञ्चालनमा आयो भने ढोरपाटनमा ठूलो सङ्ख्यामा पर्यटक बढ्ने सम्भावना छ ।’

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ३ : ०५ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा