दिल्लीमा तीव्र वायु प्रदुषण बढ्दै  | Khabarhub Khabarhub

दिल्लीमा तीव्र वायु प्रदुषण बढ्दै 


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दिपावलीको पूर्व सन्ध्यामा प्रदुषित धुवाँले राजधानीलाई ढाकेको छ भने हावाको गुणस्तर निरन्तर खराब बन्दै ३०० एक्यूआईभन्दा बढी रेकर्ड गरिएको  केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले रिपोर्ट गरेको छ ।  

आनन्द विहारमा, बिहान सात बजे हावाको गुणस्तर ३१५ एक्यूआई  रेकर्ड गरिएको थियो भने बवानामा ३१९,  अशोक विहारमा ३५१ र वजीपुरमा ३२७ रेकर्ड गरिएको छ । आया नगर र नयाँदिल्लीमा वायुको गुणस्तर क्रमशः २९० र २८४ एक्यूआई रेकर्ड गरिएको छ । यो ‘निकै खराब’ मानिन्छ । 

प्रदूषणको स्तर उच्च रहेकाले कालिन्दी कुन्जको यमुना नदीमा विषाक्त फोम तैरिरहेको देखिएको थियो । यसैबीच, मुम्बईको बान्द्रा रिक्लेमेसन क्षेत्रमा हावाको गुणस्तर ‘मध्यम’ रहेको छ।

यसैबीच, भारतीय जनता पार्टी (भाजपा) दिल्लीका नेताहरूले सोमबार पञ्जाबमा पराल जलाउने १०८ वटा घटना दर्ता भएको रिपोर्ट गरेका थिए भने उनीहरूले वायु प्रदूषणको चिन्तालाई लिएर पन्जाबका मुख्यमन्त्री भगवन्त मानविरुद्ध विरोध प्रदर्शनसमेत गरेका थिए ।

हाल विश्वको बढी प्रदूषित राजधानीमध्ये एक दिल्लीमा पछिल्ला वर्षहरूमा वायु प्रदूषण बढ्दै गएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ४ : ०८ बजे

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले