सालको पात बेचेर खर्च जुटाउँदै महिला « Khabarhub

सालको पात बेचेर खर्च जुटाउँदै महिला


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

धरान – इटहरी उपमहानगरपालिका– ६ की चन्द्रकुमारी घिमिरे सालको पात टिप्न उदयपुरको गाईघाट पुग्ने गर्छिन् । इटहरीबाट गाईघाट आउन जानै एक दिन लाग्छ । गाईघाट पुगेर दिनभर सालका पात टिपेर घर फर्किन्छिन् ।

उनले भनिन् ‘साँझ घर फर्केर पातका मुठा बनाउनुपर्छ त्यसपछि पातको दुनाटपरी गाँस्न प्रयोग हुने बाँसको सिन्का तयार गर्नुपर्छ । तयार गरिसकेपछि बेच्नका लागि टेङ्ग्रा खोला नजिकै पुग्ने गरेको उनले बताए। उनले सालको पात बेच्न थालेको तीन वर्ष भयो । उनले भनिन्, ‘नजिकै सालको पात पाइँदैन, गाईघाटसम्म पुग्नुपर्छ तर यहाँ ल्याई सकेपछि बिक्री नहोला भन्ने चिन्ता छैन ।’

सालको पात पनि सिजन अनुसार बिक्री हुन्छ । ‘जेठ, असार, साउन महिनामा खासै बिक्री हुँदैन । भदौ, असोज लागेसँगै चाडपर्व सुरु हुन्छ र बिक्री बढ्छ’, उनले भने, ‘कहिलेकाहीँ पात पुर्‍याउनै गाह्रो हुन्छ ।’

उनका अनुसार सालको पात बिक्री गरेर मासिक २० देखि २५ हजारसम्म आम्दानी हुन्छ । घिमिरेले प्रतिमुठा ठूलो रु एक सय र सानो ५० देखि ७० मा बिक्री गर्दै आएको छ । दैनिक २० देखि २५ मुठासम्म सालको पात तिहारको बेला बिक्री हुने गरेको उनको भनाइ छ । तिहार खर्च यसैबाट जुट्ने उनले सुनाइन्।

इटहरी उपमहानगरपालिका– ३ का डम्मर कुमारी बिक पनि चन्द्रकुमारीले झैँ सालको पात बिक्री गरी हुने आम्दानीबाट सन्तुष्ट हुनुहुन्छ । उहाँ पनि सालको पात टिप्न हप्ताको एक दिन गाईघाट पुग्छिन्। ‘जहाँ पायो त्यहाँ राम्रो पात पाइँदैन, रुखमा चढ्न सकिँदैन, गाईघाट पुगेर ल्याउनुपर्छ’, उनले भनिन्।

उनी पात बेच्न इटहरीका प्रत्येक हटियामा जाने गरेको बताउँछिन्। अरु समयको तुलनामा दसैँ, तिहार, एकादशी, छठ पूजामा सालको पातको माग धेरै रहेको उनले बताइन्।

 ‘चाडपर्व धेरैजसो यही पात बेचेर खर्च टार्ने गरेको छु । दैनिक एक हजार पाँच सयसम्मको बिक्री गर्ने गरेको छु’, विकले भनिन्, ‘अहिले पातको बिक्री बढेसँगै कोला बेच्ने व्यापारीदेखि लिएर सागसब्जी बेच्ने व्यापारीले समेत पात बेच्न सुरु गरेका छन् ।’

बिना लगानीमै फुर्सदमा पात संकलन गरेर बिक्री गर्दा राम्रो आम्दानी हुने भएसँगै हाल इटहरी क्षेत्रमा १५ भन्दा बढी महिलाले सालको पात बिक्री गर्दै आएकी छन् । 

 सालको पात पूजापाठ भोजभतेर, मन्दिर, चाडवाडमा र दैनिक घरायसी प्रयोजनका लागि र दुनाटपरी बनाउन सहरी क्षेत्रमा पनि माग बढेकाले पातको व्यापार बढेको व्यापारी बताउँछन् । 

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ६ : ४२ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल