स्पेनसँगको सम्बन्ध अझ मजबुत बन्दै गएको छ : भारत « Khabarhub

स्पेनसँगको सम्बन्ध अझ मजबुत बन्दै गएको छ : भारत


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनसँगको सम्बन्ध अझ मजबुत हुँदै गएको भारतले जनाएको छ । स्पेनी प्रधानमन्त्री पेद्रो सान्चेजको भारत भ्रमणका क्रममा भारतीय विदेश मन्त्रालयले दुई मुलुकबीचको सम्बन्ध थप मजबुत हुँदै गएको जनाएको हो ।

भारतीय विदेश मन्त्रालयका सचिव (पश्चिम) तनमय लालले युरोपेली युनियन ईयूमा स्पेन भारतको निकट साझेदार रहेको उल्लेख गरे ।

भारतीय समाचार संस्था एएनआईका अनुसार स्पेन ईयूको पाचौँ र विश्वको १५ औँ ठूलो अर्थतन्त्र हो । हाल स्पेनले ईयूको अध्यक्षता गरिरहेको छ । त्यसबाहेक स्पेन विश्वको १० ठूला रक्षा उपकरण निर्यातकर्ता मुलुकको सूचीमा पनि आउँछ ।

प्रधानमन्त्री सान्चेजको भारत भ्रमणबाट दुई मुलुकबीच सुमधुर बन्दै गएको सम्बन्धमा नयाँ आयाम थप्ने भारतीय विदेश मन्त्रालयले विश्वास व्यक्त गरेको छ । आगामी दिनमा दुई मुलुकबीच सूचना प्रविधि, रयासन, ऊर्जा, औषधिजस्ता क्षेत्रमा सहकार्य थप बढ्दै जाने मन्त्रालयको अपेक्षा छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  १० : ३७ बजे

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १५औँ महाधिवेशनलगायत विषयमा छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियान

स्याङ्जा- स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियानअन्तर्गत यस वर्ष

सार्वजनिक लेखासहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो

म्याग्दीको घारा हाइड्रोपावरमा पहिरो: एक जना बेपत्ता

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा माथिबाट पहिरो