‘मावन र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण प्राथमिकतामा’ « Khabarhub

‘मावन र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण प्राथमिकतामा’


१५ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कैलाली – वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले वन, वातावरण, वन्यजन्तुको संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्नेलगायत कामलाई मन्त्रालयले अघि बढाएको बताएका छन् ।

नेपाल प्रेस युनियन कैलाली शाखाले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलन उनले वन र जैविक विविधता संरक्षणसम्बन्धी मन्त्रालयले योजना बनाउर ती योजनाहरूलाई चरणबद्ध रूपमा अगाडि बढाइरहेको उल्लेख गरे ।

मन्त्री शाहीले मन्त्रालयले वन्यजन्तु संरक्षण, मावन र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणलगायत विषयलाई पहिलो प्राथमिकतामा राखेको बताए।

‘केही समयअघि मन्त्रालयले यी विषयका बारेमा आवश्यक जानकारी संकलन गर्न कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एउटा कार्यक्रम गरेको थियो । सो क्रममा उक्त क्षेत्रमा बढी समस्या देखिएका थिए’, उनले भने, ‘ती समस्या समाधान गर्न, क्षति न्यूनीकरण गर्न तथा आरक्षबाट पीडित, विस्तापित भएका मानिसलाई पुनःस्थापना गर्न अधिकार सम्पन्न आयोग बनाएका छौँ ।’

वनलाई जनतासँग जोड्न, वन र जनताबीचको सम्बन्ध सुमधुर बनाउन तथा वनका माध्यमबाट जनतालाई समृद्धितर्फ लैजान मन्त्रालयले वन विकास कार्यक्रम अगाडि बढाएको वनमन्त्री शाहीले उल्लेख गरे । वन र पर्यटन, राष्ट्रिय निकुञ्ज र पर्यटनलाई एकापसमा जोड्ने प्रयास निरन्तर जारी रहने उनले बताए ।

मन्त्री शाहीले भने, ‘जहाँजहाँ हाम्रा राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्र छन्, ती सबै पर्यटनका अत्यन्तै आकर्षण केन्द्र हुन् । पर्यटकीय क्षेत्रमा सडकसहितका पूर्वाधार र पर्यटकलाई बस्न तथा अन्य विभिन्न सुविधा नहुँदा बढी पर्यटक भित्र्याउन सकिरहेका छैनौँ । मन्त्रालयले योजनाबद्ध रूपमा समस्या समाधान गर्दै राष्ट्रिय निकुञ्जसँग पर्यटनलाई जोड्ने प्रयास गरिरहेका छौँ ।’

बाजुराको बडिमालिलाई संरक्षित क्षेत्रका रूपमा अघि बढाउने योजना सरकारको रहेको मन्त्री शाहीले जानकारी दिए।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  २ : ४९ बजे

ट्राफिक प्रहरीद्वारा चैत मसान्तसम्म २६ करोड बढी राजस्व सङ्कलन

काठमाडौं- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको चैत

चितवनका विद्यालयलाई ‘स्कुलबस सञ्चालन निर्देशिका’ कार्यान्वयन गर्न अनुरोध

चितवन- भरतपुर महानगरपालिकाभित्र सञ्चालित स्कुल बसलाई निर्देशिका कार्यान्वयन गर्न निर्देशन

अमेरिका पक्षधर देशले हर्मुजमा कठिनाइको सामना गर्नुपर्ने इरानको चेतावनी

तेहरान- इस्लामिक गणतन्त्र इरानविरुद्ध संयुक्त राज्य अमेरिकाले लगाएका प्रतिबन्धहरूको पालना

हराएका ६५ वटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं- काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ६५ थान मोटरसाइकल

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलनमा सम्मान र सुरक्षाबारे विमर्श

काठमाडौं- मनमोहन स्मृति प्रतिष्ठानले यहाँ आयोजना गरेको अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक