विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते « Khabarhub

विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते


१५ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिउँद लागेसँगै आगलागीका घटना बढ्न थालेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न १० स्थानमा आगलागी भएको छ ।

उक्त आगलागीमा परेर तीनजना घाइते भएका छन् । आगलागीबाट सात लाखभन्दा बढीको क्षति भएको छ । चिसो बढेसँगै आगो ताप्ने क्रम बढेको र सोही क्रममा आगलागीका घटना पनि बढ्न थालेको, कतिपय ठाउँमा सावधानी नअपनाउँदा आगलागी भएको र कतिपय स्थानमा भने विद्युत् चुहिएर आगलागी भएको पाइएको छ ।

प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले हिउँद लागेसँगै आगलागीका घटना बढ्न थालेकाले आवश्यक सावधानी अपनाउन सर्वसाधारणमा अनुरोध गरेका छन् । नेपालमा आगलागीबाट बर्सेनि अर्बौंको क्षति हुँदै आएको छभने मानवीय क्षति पनि हुने गरेको छ । अहिले दैनिकजसो नै आगलागीका घटना दोहोरिँदै आएको छ ।

प्राप्त विवरणअनुसार पछिल्लो २४ घण्टामा झापा, मोरङ, सुनसरी, सप्तरी, बारा, काठमाडौँ, भक्तपुर र पर्वतमा आगलागीका घटना भएको छ । आगलागीबाट झापामा एक, बारामा एक र पर्वतमा एक गरी तीनजना घाइते भएको पनि प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार गएको वैशाखदेखि कात्तिकसम्म दुई हजारभन्दा बढी आगलागीका घटना भएको र ती घटनाबाट ६६ जनाको मृत्यु भएको छ । आगलागीबाट एक अर्बभन्दा बढीको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  ९ : ४५ बजे

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको

काठमाडौँमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ

काठमाडौँ– अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौं – भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा गृहमन्त्री सुधन गुरुङ