विद्यार्थीले गरेको पुस्तान्तरण ऐतिहासिक कदम हो ः जनार्दन शर्मा  « Khabarhub

विद्यार्थीले गरेको पुस्तान्तरण ऐतिहासिक कदम हो ः जनार्दन शर्मा 


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– विद्यार्थी संगठनमा उमेर हद लागू हुने भएपछि माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले यसको स्वागत गरेका छन् ।

अखिल क्रान्तिकारीको नेतृत्व चयनको लागि शनिबार ७७ भौगोलिक र अरू गैरभौगोलिक गरी ८६ जिल्लामा निर्वाचन भएको थियो। जसमा परिणाम ३२ वर्षे उमेर हद लगाउनुपर्नेको पक्षमा आएको संगठनको केन्द्रीय निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत मुक्ति नारायण प्रधानले घोषणा गरे ।

त्यसपछि  शर्माले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै एजेन्डासहित पार्टी निर्माण गर्दै सक्षम र सुदृढ पार्टी नयाँ पुस्तामा हस्तान्तरण एक मात्र उद्देश्य भएको बताउँदै विद्यार्थी संगठनले गरेको पुस्तान्तरण ऐतिहासिक र क्रान्तिकारी कदमलाई स्वागत गरेको बताएका छन् ।

उनले यो निर्णयले झन्डै चालीस लाख मतदाताको मनोविज्ञानलाई समेटेको पनि तर्क गरेका छन् ।

उनले लेखेका छन्,- ‘पार्टी निर्माण गर्ने बाटो आफै जोखिमपूर्ण छ, तर इमानदार प्रयत्न, विधि पद्धति र विचारको स्पष्टता सहित लागेमा यो सम्भव छ। पार्टी सुधारको लागि गरिने प्रयत्न न फुट, विभाजनको लागि हो न त सत्ता प्राप्तिको लागि । बरु इमानदारी साथ भन्न चाहन्छु, म नियमित राजकीय जिम्मेवारीमा गएर पार्टी निर्माण गर्ने कार्य कमजोर बनाउने छैन। एजेन्डा सहित पार्टी निर्माण गर्दै सक्षम र सुदृढ पार्टी नयाँ पुस्तामा हस्तान्तरण एक मात्र उद्देश्य हो। विद्यार्थी संगठनले गरेको पुस्तान्तरण ऐतिहासिक र क्रान्तिकारी कदम हो। यसले झन्डै चालीस लाख मतदाताको मनोविज्ञानलाई समेट्ने छ।’

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ५ : २३ बजे

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस २६ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८२ साल पुस २६ गते शनिबार तदनुसार सन्