थाइल्यान्डको पर्यटक होटेलमा आगलागी, तीन विदेशीको मृत्यु « Khabarhub

थाइल्यान्डको पर्यटक होटेलमा आगलागी, तीन विदेशीको मृत्यु


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – थाइल्यान्डको राजधानी बेंककको लोकप्रिय पर्यटकीय क्षेत्रको एक होटेलमा आगलागी हुँदा तीन विदेशी पर्यटकको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका छन् ।

खाओ सान रोड नजिकैको एम्बर होटेलमा आइतबार राति भएको आगलागीमा परी घाइते भएका एक महिला र दुई पुरुषको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

घटनामा अन्य पाँच विदेशी र दुई थाई नागरिक घाइते भएको बैंकक महानगर प्रशासनले सोमबार जनाएको छ ।

बैंककका गभर्नर चाडचार्ट सिटिपन्टका अनुसार अग्निनियन्त्रकहरू सूचना पाएको पाँच मिनेटभित्रै छ तले होटेल रहेको घटनास्थलमा पुगेका थिए र तीन वटा क्रेनसहित पुगेका उद्धारकर्मीले करिब ७५ जनालाई उद्धार गरेका थिए ।

आगलागीको कारण खुल्न सकेको छैन । अधिकारीहरूले घटनापछि  होटेल बन्द गर्न र चेतावनी प्रणालीको अनुसन्धान गर्न आदेश दिएका छन् ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ५ : ३६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार