मुखभित्र हालेर ब्राउन सुगर भारतबाट नेपालतिर तस्करी « Khabarhub

मुखभित्र हालेर ब्राउन सुगर भारतबाट नेपालतिर तस्करी


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


750
Shares
  • change font
  • change font
  • change font

सुनसरी- लागुऔषध तस्करीका नयाँ नयाँ तरिका सार्वजनिक हुन थालेका छन् ।

खासगरी नेपाल-भारत सीमाक्षेत्रबाट हुने लागु औषध तस्करीका लागि युवाहरूले नयाँ नयाँ उपाय अपनाउन थालेका छन् ।

सुनसरीको दक्षिणी सीमाक्षेत्र खासगरी भोजपुर र धनकुटासहितका पहाडी जिल्लाबाट भारततर्फ गाँजा तस्करीको ट्रान्जिट नै बनेको छ ।

त्यहाँ सशस्त्र प्रहरी सीमा सुरक्षा बल र नेपाल प्रहरीले दैनिकजसो भारततर्फ लैजाने क्रममा गाँजा बरामद गर्ने गरेका छन् ।

तर सोमबार त्यही क्षेत्रमा एउटा अनौठो घटना हुन पुगेको छ। भारतबाट नेपालतर्फ आउँदै गरेका धनकुटाका ३२ वर्षीय शरण राईलाई प्रहरीले ब्राउन सुगर तस्करीका क्रममा पक्राउ गरेको छ।

राईलाई २.५ ग्राम ब्राउन सुगर मुखभित्र हालेर भारतबाट नेपालतर्फ ल्याएको अवस्थामा कोशी गाउँपालिका-१ मेहता टोलबाट सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

मुखमा ब्राउन सुगर हालेर ल्याइरहेका राईलाई सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओेपी) लौकाहीको टोलीले नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वाटर इनरूवाले ब्राउन सुगरसहित समातिएका उनीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ५ : ४३ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

देवघाटको झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक

तनहुँ – तनहुँको देवघाट गाउँपालिका–५ र भरतपुर महानगरपालिका जोड्ने त्रिशुली

एमाले महाधिवेशनमा ओलीलाई ईश्वरको चुनौती, नेतृत्वका लागि आज मतदान

काठमाडौं – नेकपा (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा आज नयाँ

निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

काठमाडौं – नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर