रुसद्वारा युक्रेनमा पश्चिमी शान्ति सैनिकको विरोध | Khabarhub Khabarhub

रुसद्वारा युक्रेनमा पश्चिमी शान्ति सैनिकको विरोध


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

मस्को – रुसी विदेशमन्त्री सर्गेई लाभरोभले रुस करिब तीन वर्षको द्वन्द्व अन्त्य गर्न कुनै समझौताको हिस्साका रूपमा युक्रेनमा पश्चिमी शान्ति सैनिकहरूको तैनाथीको विरुद्धमा रहेको बताएका छन् ।

कुनै पनि शान्ति सम्झौता लागु गर्न युक्रेनमा विदेशी सेना राख्ने सम्भावनाको चर्चा पश्चिमी राजधानीहरूमा चलिरहेको छ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले यस महिना वार्सामा भएको बैठकमा यस विषयमा छलफल गरेका थिए ।

रूसी विदेश मन्त्रालयले सोमबार प्रकाशित गरेको अन्तर्वार्तामा लाभरोभले राज्य सञ्चालित तास समाचार एजेन्सीलाई मस्कोले त्यो विचार र अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले प्रस्ताव गरेका अन्य कुराहरूको विरोध गरेको बताए।

‘निस्सन्देह युक्रेनको नाटो सदस्यता २० वर्षका लागि स्थगित गर्ने र युक्रेनमा ‘बेलायती र युरोपेली सेना’ को शान्ति सेना पठाउने राष्ट्रपति–निर्वाचितका प्रतिनिधिहरूले उठाएका प्रस्तावहरूबाट हामी सन्तुष्ट छैनौँ’, उनले भने।

क्रेमलिनले यसअघि ‘शान्ति सैनिकहरूको बारेमा कुरा गर्न निकै ढिलो भएको’ बताएको थियो ।

तीन हप्तामा सत्तामा आउनुहुने ट्रम्पले २४ घन्टामा शान्ति सम्झौता गर्न सक्ने दाबी गर्दै किएभलाई दिइने वासिङ्टनको अर्बौं डलरको आर्थिक र सैन्य सहयोगलाई प्रभावका रूपमा प्रयोग गर्ने बताए ।

यद्यपि उनले अझै ठोस योजना प्रस्ताव गरेका छैनन्। उनको टोलीका सदस्यहरूले एक हजार किलोमिटर लामो अग्रिम मोर्चामा कुनै पनि युद्धविरामको निगरानी गर्न युरोपेली सेनाको तैनाथी र नाटोमा सामेल हुने किएभको महत्त्वाकांक्षामा लामो ढिलाइसहित विभिन्न विचारहरू राखेका छन् ।

रुसी र युक्रेनी दुवै राष्ट्रपतिले एकअर्कासँग प्रत्यक्ष वार्तालाई अस्वीकार गरेका छन् । साथै किएभ र मस्कोको स्थिति शान्ति सम्झौताका लागि स्वीकार्य सर्तहरू के हुन् भन्ने कुरामा धेरै फरक देखिन्छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसअघि युक्रेनलाई चार पूर्वी र दक्षिणी क्षेत्रहरू– डोनेट्स्क, खेरसन, लुगान्स्क र जापोरिझियाबाट आफ्नो सेना फिर्ता लिन माग गरेका थिए। यी क्षेत्रलाई रुसले कब्जा गरेको दाबी गरेको छ । किएभले भने शान्तिको बदलामा मस्कोलाई ती क्षेत्र दिने कुरा बारम्बार अस्वीकार गरेको छ ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ७ : ०३ बजे

पोखरामा स्वदेशी सीप र पुँजीमा निर्माण भयो अत्याधुनिक हवाई इन्धन डिपो

कास्की – पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो

पोर्चुगलका पूर्वप्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा

लिस्बन – पोर्चुगलका पूर्वप्रधानमन्त्री जोस सुक्रेट्समाथि स्थानीय सञ्चारमाध्यमले यसअघि नै

‘कुलिङ पिरियड’बारे भएको हेरफेरप्रति रास्वपाको आपत्ति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’बारे

आजका समाचार : सर्वोच्चले जोगाइदियो ५२ भाइको जागिर, कुलिङ पिरियडमा छानविन समिति बन्दै, प्रधानमन्त्री रियल मड्रिडमा र फुटबलर जोटा दुर्घटनामा बिते   

प्रधानमन्त्री ओलीद्वारा रियल मेड्रिडको रङ्गशाला अवलोकनप्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको

नेपाल औषधि लिमिटेडले आगामी वर्ष २० प्रकारका औषधि उत्पादन गर्ने

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता