अपाङ्ग महासंघमा भाँडभैलो, भ्रष्टाचार गरेको भन्दै अध्यक्ष निष्काशित « Khabarhub

अपाङ्ग महासंघमा भाँडभैलो, भ्रष्टाचार गरेको भन्दै अध्यक्ष निष्काशित


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कीर्तिपुरस्थित त्रिवि अडिटोरियम हलमा राष्ट्रिय अपाङ्ग महासंघले पुस १२ र १३ गते बाइसौं साधारणसभाको आयोजना गरेको थियो । तर, साधारणसभामा होहल्ला र माइक खोसाखोस भयो । झण्डै आपसमा कुटाकुट नै भयो ।

संस्थाका निलम्वित अध्यक्ष देवीदत्त आचार्यले आर्थिक अनियमितता एवं भ्रष्टाचार गरेको भन्दै प्रतिनिधिहरुले आपत्ति जनाएपछि साधारणसभा केहीबेर रणमैदानमा परिणत भएको हो ।

अध्यक्ष आचार्यले प्रश्नहरुको प्रष्ट जवाफ नदिई आर्थिक प्रतिवेदन जबर्जस्ती पारित गर्न खोजेको भन्दै असन्तुष्ट पक्षले आपत्ति जनायो ।

अन्ततः साधारणसभामा ११५ वटा बहुमत संस्थाका प्रतिनिधिहरुका तर्फबाट अध्यक्ष आचार्यलाई कारबाहीको घोषणा गर्दै उपाध्यक्ष रामबहादुर कार्कीलाई कार्यबाहक अध्यक्ष तोकेको छ ।

कार्यबाहक अध्यक्षमा निर्वाचित राम कार्की

कार्यबाहक अध्यक्ष कार्कीले आचार्यलाई हटाइएको र उनी अवैधानिक भइसकेको पत्र काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई पठाएका छन् । साथै, कार्कीले शान्ति सुरक्षाको माग गर्दै गृह प्रशासनलाई समेत पत्र लेखेका छन् ।

 

 

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ७ : ३८ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको