माधव नेपालसँग यी चार विषयमा मिलेन वामदेवको कुरो | Khabarhub Khabarhub

माधव नेपालसँग यी चार विषयमा मिलेन वामदेवको कुरो


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम अचेल छटपटीमा छन् । एमालेमै फर्किने उनको चहानामा अध्यक्ष केपी शर्मा ओली र उनीनिटकहरूले चासो नदिएपछि नेकपा एकीकृत समाजवादीतिर नजिकिएका छन् ।

तत्कालीन नेकपा विभाजनपछि अलग बस्दै आएका गौतम पछिल्लो समयमा समाजवादीमा प्रवेश गर्ने चर्चाबीच सोमबार आलोकनगर पुगे ।

पार्टी एकताबारे छलफल गर्न एकीकृत समाजवादीको मुख्यालय आलोकनगर पुगेका नेकपा एकता अभियानका संयोजक गौतम कुरा नमिलेपछि त्यसै फर्किएका छन् ।

तर नेपालसँगको छलफलमा कुरा नमिलेपछि गौतम आलोकनगरबाट खाली हात फर्किएका छन् । गौतम र नेपालबीच प्रत्यक्ष निर्वाचित राष्ट्रपति, वरियता, नेता व्यवस्थापन र जनताको बहुदलीय जनवादबारे कुरा मिल्न सकेको छैन ।

भेटमा गौतमले आफ्नो साथमा रहेका नेताहरूको व्यवस्थापनबारे पनि कुरा राखेका थिए । तर त्यसमा पनि सहमति हुन सकेन ।

आफ्नो एकता अभियानलाई एकीकृत समाजवादीमा मिसाउने गौतमको योजना सजिलै पूरा हुने देखिएको छैन । एकीकृत समाजवादीले गौतमलाई वरिष्ठ नेताका रुपमा तेस्रो वरीयता दिने बताएको छ। तर उनीनिकट अन्य नेताको पनि व्यवस्थापन चाहेका छन् ।

एकीकृत समाजवादीमा जानुअघि गौतमले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ लाई स्वीकारेर बढ्नुपर्ने शर्त राखेका छन् । तर समाजवादीका सम्मानित नेता झलनाथ खनाल जबजको विपक्षमा छन् ।

सर्वोच्च अदालतले तत्कालीन नेकपालाई टुक्राइदिएपछि कतै नलागेका गौतमले २०७८ भदौ १८ गते एमाले परित्याग गरेका थिए। तत्कालीन उपाध्यक्ष गौतमले एमालेमा फर्किन जोडबल गरेर माफीसमेत मागे पनि ओलीले उनलाई मतलब गरेनन् ।

तत्कालीन नेकपा छाडेयता गौतम नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक छन् । तर त्यो अभियानबाट उनले कुनै पनि कम्युनिस्ट पार्टीलाई मिलाउन असफल रहे । राष्ट्रपतिले मनोनीत गरेपछि अहिले राष्ट्रिय सभा सांसद रहेका गौतम २०८४ मा सुरक्षित हुने बाटो खोजिरहेका छन् ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ७ : ३१ बजे

दुर्घटनामा आमाको मृत्यु, छोरी घाइते

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा मोटरसाइकल र कार

खैरो हेरोइन ल्याउने र लिन बसेका युवा पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषध खैरो हेरोइन ल्याउने र सो

गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट

गोरखा – गोरखाको चुमनुब्री गाउँपालिका–६, ताजुमा आगलागी हुँदा तीन वटा

स्थानीयको अवरोधले प्रसारण लाइन विस्तारमा ढिलाइ

कालिकोट – स्थानीयले अवरोध गर्दा सुदूरपश्चिमको अछाम जिल्लाबाट कालिकोटसम्म विद्युत्

प्रधानमन्त्री कपः आर्मीले सुदूरपश्चिमलाई हरायो

बैतडी – प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको