गोरु जुधाइ प्रतियोगिता « Khabarhub

गोरु जुधाइ प्रतियोगिता


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिका–२ परेवाडाँडामा गोरु जुधाइ प्रतियोगिता सम्पन्न भएको छ ।

पुस १५ को अवसरमा देवभूमि युवा क्लब सुन्दरबजार नगरपालिका–२ को आयोजनामा गोरु जुधाइ प्रतियोगिता आयोजना गरिएको हो । परेवाडाँडाको खड्कागाउँमा रहेको आहाले खेल मैदानमा गरिएको सो प्रतियोगितामा सुन्दरबजार नगरपालिका–७ तार्कुटारका कुमराज परियारको गोरु प्रथम भएको छ ।

यस्तै सुन्दरबजार–२ परेवाडाँडाका प्रकाश पन्तको गोरु दोस्रो तथा भानु नगरपालिका–१० दुधेकुनाका विष्णु रावलको गोरु तृतिय भएको छ ।

प्रतियोगितामा प्रथम हुने गोरुधनीलाई रु १५ हजार, दोस्रो हुने गोरुधनीलाई रु १० हजार र तृतीय हुने गोरुधनीलाई रु पाँच हजार पुरस्कार वितरण गरिएको आयोजक देवभूमि युवा क्लबका अध्यक्ष महेश परियारले जानकारी दिए ।

लमजुङको परेवाडाँडामा विगत केही वर्षदेखि निरन्तररुपमा पुस १५ को अवसरमा गोरु जुधाइ प्रतियोगिता आयोजना गरिँदै आएको छ । सुन्दरबजार नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद कोइरालाको प्रमुख आतिथ्यमा भएको उक्त प्रतियोगितामा लमजुङ र तनहुँका गरी २० गोरुलाई सहभागी गराइएको थियो ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  १० : २६ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको