फेरिन सक्छ मध्यपूर्वको समीकरण | Khabarhub Khabarhub

फेरिन सक्छ मध्यपूर्वको समीकरण


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

आइतबार जोर्डनमा रहेको सैन्य शिविरमा आक्रमण भएपछि अमेरिकाका लागि केही कुरा फेरि सोच्नै पर्ने भएको छ। अहिले अमेरिकी चासो रुस युक्रेन युद्ध मात्र होइन हमासले इजरायलमा आक्रमण गरेपछि गाँजा क्षेत्रमा पनि मोडिएको छ। संसार फेरि अहिले ध्रुवीकरणतर्फ मोडिएको छ। यो ध्रुवीकरणमा अमेरिकाको चाहना पक्कै पनि शान्ति स्थापना नै हो। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको महत्त्वाकाङ्क्षा र हमासको अतिवादी गतिविधिले त्यसलाई अवरोध गरेको छ। यी दुई विषयमा अल्झिएको अमेरिका फेरि अहिले आफ्नै शिविरमा भएको हमलापछि केही विकल्पको खोजिमा उभिएको छ।

सो आक्रमण मार्फत एउटा सङ्केत के थियो भने इरान र इरानी सहयात्रीबाट पनि अर्को आक्रमणको सम्भावना छ। अमेरिकी सुरक्षा संयन्त्रको इन्टलीजेन्स सीआइए र राष्ट्रिय सुरक्षा एजेन्सीका सामु केही विकल्प अघि आएका हुन्।

अमेरिकाले अब चाल्ने बाटोको बारे धेरैको अनुमान के छ भने इरान र इरानसँग सरोकार राख्ने केही निकायका जत्था र यसका नेतृत्वमाथि आक्रमण गर्ने हो। विगतमा अमेरिकी नीति पनि आतङ्कवादी गतिविधि गर्ने सङ्गठन या संस्थाको नेतृत्वमाथि नै आक्रमण गर्ने हो।

इरान रेभ्युलेसनरी गार्ड र्कप्स (आईआरजीसी) बाट प्रशिक्षित सैन्य समूह अहिले धेरैका लागि चासो र चिन्ताको विषय बनेको छ। यसमाथिको आक्रमण अबको प्रमुख सम्भावना बनेको छ। यसको सबै भन्दा धेरै गतिविधि इराक र सिरियाको सीमामा छ।

अमेरिकालाई यसको बारे धेरै जानकारी छ। ७ अक्टोबरदेखि यता अमेरिकी शिविरमा लगातारको प्रहारका बाबजुद चुप लाग्नुको मतलब एकै पटक थेग्नै नसक्ने आक्रमण पनि हुनसक्ने आङ्कलन छ।

इस्लामिक रेसिस्टेन्स इन इराक नामको सङ्गठनले ती आक्रमणको जिम्मेवारी लिइसकेको छ। यो सङ्गठन इरानमा प्रशिक्षित हो। यो अहिले इस्लामिक इस्टेटसँगै एउटै लक्ष्यमा लागेको छ। हमासको आक्रमणपछि गाँजामा भएको आक्रमणमा इजरायललाई कमजोर बनाउन अमेरिकालाई दुःख दिने यस सङ्गठनको नीति हो। साथै इराक सिरियामा अमेरिकी प्रभाव नहोस् भन्ने पनि हो।

इरानमाथि नै आक्रमण गर्ने विकल्पलाई भने कम सम्भव ठानिएको छ। अहिले अमेरिकी सेना संसारमा धेरै क्षेत्रमा व्यस्त रहेका कारण ती सबै छाडेर इरान र सरोकारवाला स्थानमा आबद्ध हुनु उपयुक्त नहुनसक्छ। यसको मतलब अमेरिका चुप नै लागेर बस्न सक्छ भन्ने होइन। धेरैको अनुमान नै हो कि इरान सम्प्रभु केही क्षेत्रमा आक्रमण गर्ने सम्भावना भने बलियो मानिएको छ।

इरान र अमेरिका दुवै पक्ष पुरै युद्ध चाहँदैन। जहाँबाट तेलको २० प्रतिशत व्यापार हुन्छ। यसले नै संसारको अर्थतन्त्रलाई प्रभाव पार्न सक्नेछ।

कुनै पनि प्रतिक्रिया नै नजनाउने विषय अर्को सम्भावना हो। निर्वाचनको समीपमा रहेका कारण पनि इरानमा आक्रमण नगर्ने अर्को सम्भावना हो। युएस डिपार्टमेन्ट अफ डिफेन्सको एउटा निकाय सेन्टमका लागि अर्को पनि चासोको विषय थपिएको छ रेड सी र आइडेनको खाडीमा हाउथी विद्रोहीको आक्रमण । धेरैको अनुमान के छ भने रुस र युक्रेनको युद्धको समाप्ति सँगै आइएसमाथि धेरै अर्थले खतरा पनि उत्पन्न हुनसक्छ।

अमेरिकी विगत हेर्ने हो भने अमेरिकी सेना र सरकारले लक्ष्यसहित नै आक्रमण गर्न थालेपछि कुनै पनि शक्तिको नेतृत्व बाँचेको इतिहास छैन।

सन् २००१ को ११ सेप्टेम्बरका दिन अमेरिकाको पेन्टागनको आक्रमणको योजना बनाएको अलकायदाका नेता ओसामा बिन लादेन एकदमै बलियो सुरक्षा संयन्त्र अपनाउनुको बाबजुद २ मे २०११ का दिन भने बच्न सकेनन्। उनको अन्त्येष्टि उत्तरी अरेबीयन सीमा भएको थियो।

यो भन्दा अघि नै खाडी युद्धका नामले सन् १९९० मा युद्ध भएको थियो। इराकले कुवेतमाथि आक्रमण गरेपछि यसले अमेरिकी नेतृत्वमा नाटो सेनालाई जगाएन मात्र तत्कालीन इराकी राष्ट्रपति सद्धाम हुसनेको ज्यान नै लिएको थियो।

३० डिसेम्बर २००६ मा सद्धाम हुसेनलाई मानवता विरोधी अपराधको आरोपमा झुन्ड्याइएको थियो। सन् १९७९ मा इराकको सत्तामा आसिन हुसेन अमेरिकी नेतृत्वको बहु राष्ट्रिय सेनाले सत्ता च्युत गर्नु अघि सन् २००३ सम्म शासनमै थिए। शासन कालमा धेरै मानवीय नरसंहारको आरोप उनी माथि लागेको थियो।

उनको निधनपछि पनि धेरैको धेरै किसिमको प्रतिक्रिया थियो। धेरैले भने तानासाह भएका कारण उनको निधन स्वाभाविक भएको मत राखेका थिए।

बिन लादेनलाई संरक्षण गरेकै कारण या तालीवान र अल कायदाको सम्बन्धकै कारण अफगानिस्तानमा तालीवान सत्ता हटेको थियो।

अहिले धेरै धार्मिक अतिवादी आतङ्कवादी सङ्गठन संसारमा सक्रिय छन्। हमास, अलकायदा, तालीवान, इस्लामिक स्टेट जस्ता धार्मिक अतिवादी सङ्गठनको सङ्ख्या बढेको छ।

अफगानिस्तान त झनै आतङ्कवादी राजधानी जस्तै भएको छ। त्यहाँ तालीवान विरोधी तालीवान पक्षधर दुई किसिमका आतङ्कवादी सङ्गठन छन्।

तालीवानकै समर्थनमा तालीवान पाकिस्तान टीटीपीको गतिविधि बढ्दो छ। यसका साथै मध्य एसियामा प्रभाव जमाएका अतिवादीको पनि त्यहाँ उपस्थिति छ। इस्लामिक स्टेट खोसार्न भने तालीवानको विरुद्धमा छ।

अलकायदा नेता जुहारीको हत्या भए पनि उनको उत्तराधिकारीको रूपमा सइफ अल अदिल चयन भइसकेका छन्। अहिले अलकायदाको नेतृत्वले स्विडेन र डेनमार्कलाई चेतावनी दिइसकेको छ। संसारभर रहेका उनीहरूको दूतावासमा आक्रमण गर्ने चेतावनी साँच्चै डरलाग्दो हो।

टीटीपीको भने पूर्वी अफगानिस्तानमा धेरै लडाकु छन्। तुर्कीस्तान इस्लामिक पार्टीको सैन्य समूह र ताजकिस्तान केन्द्रित जमत अन्सारुललाह लगायत समूहको पनि अफगानिस्तान मै उपस्थिति छ।
अहिले यसको चासो अमेरिकी सुरक्षा निकायका सामु छन्।

रुस र युक्रेनको युद्ध पनि सायद लामो समय नजान सक्छ। अघोषित युद्ध विरामको चाहनामा दुवै पक्ष देखिएका हुनसक्छन्। सायद अबको आक्रमण आइएस र हमासकै विरुद्धमा हुनसक्ने छ । धेरै सम्भावना मध्येको एउटा सम्भावना मध्यपूर्वको सिङ्गो समीकरणमा नै परिवर्तन हो। अमेरिकाले कहिले आफ्नो योजना अघि सार्छ भन्ने ठेगान छैन। तर अतिवादी सैन्य सङ्गठनको नामो निसान नै मेटिएको विगतका कारण धरैको अनुमान मध्यपूर्वको नयाँ यात्रा नै हो।
स्रोतः बीबीसी, सीएनएन, हिस्ट्री डटकम, यूसिप डट ओआरजी

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ११ : ५६ बजे

दिगो वन व्यवस्थापनमार्फत विदेशी काठ आयात प्रतिस्थापन गरिन्छ : मन्त्री सुडी

काठमाडौं– वन तथा वातावरणमन्त्री नवल किशोर साह सुडीले दिगो वन

बजेटको ठूलो अंश अनिवार्य दायित्वमा गएकाले नयाँ कार्यक्रमका लागि रकम छैन : शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयमा नयाँ कार्यक्रमका

केही व्यक्तिको बदमासीले बदनाम बनेको सहकारी क्षेत्र व्यवस्थित बनाऔँ : श्रममन्त्री अर्याल   

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले केही व्यक्तिको

सीमित स्रोतसाधनका बाबजुद खेलकुद क्षेत्रको सुधारमा ध्यान दिएका छौँ : खेलकुदमन्त्री श्रेष्ठ

काठमाडौं– युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सीमित स्रोतसाधनका बाबजुद पनि

छोरालाई काखा, छोरीलाई पाखा किन ?

नेपाली समाजमा छोरीहरू प्रायः छोराको तुलनामा फरक दृष्टिकोणले हेरिन्छन्। छोरालाई