रवि पत्नी निकिताले हारिन् ९ सञ्चारमाध्यविरूद्ध दायर करोडौँ बिगो दाबीसहितको मुद्दा « Khabarhub

रवि पत्नी निकिताले हारिन् ९ सञ्चारमाध्यविरूद्ध दायर करोडौँ बिगो दाबीसहितको मुद्दा


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


606
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पत्नी निकिता पौडेल लामिछानेले विभिन्न ९ वटा सञ्चारमाध्यमविरुद्ध दर्ता गरेको करोडौँ दाबीसहितको मुद्दा हारेकी छन्।

काठमाडौंस्थित सत्य साई सहकारी प्रकरणबारे प्रकाशित समाचारलाई लिएर लामिछाने पत्नी निकिताले दायर गरेको मानहानी मुद्दामा काठमाडौं जिल्ला अदालतले दाबी नपुग्ने फैसला सोमबार गरेको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश आत्मदेव जोशीको इजलासले जनआस्था साप्ताहिक, कान्तिपुर दैनिक, अनलाइनखबर, नागरिक दैनिक, अर्थ सरोकार र उकेरा अनलाइनसहितका सञ्चारमाध्यम र पत्रकारहरूलाई विपक्षी बनाएर मुद्दा हालेकी थिइन् ।

९ वटा मिडिया हाउस र पत्रकारहरूविरुद्ध दायर गरिएको मुद्दामा न्यायाधीश जोशीको इजलासले पौडेलको दाबी अस्वीकार गरिदिएको हो ।

निकिताले ९ सञ्चारमाध्यम र सम्बन्धित पत्रकारहरूलाई प्रतिवादी बनाएर २०८० चैत २३ गते गाली बेइज्जतीको मुद्दा हालेकी थिइन्।

उनले त्यसबेला प्रत्येक प्रतिवादीबाट ५–५ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेकी थिइन् । जसअनुसार उनले कूल मागदाबी नै करौडौं पुग्थ्यो ।

ती सञ्चारमाध्यमले सत्य साई सहकारी संस्थाबाट रवि-निकिताले ५० लाख रुपैयाँ निकालेर खर्च गरेकोबारे समाचार प्रकाशित गरेका थिए। ती समाचार सामग्रीलाई आधार बनाएर निकिताले सामाजिक सञ्जालमा प्रश्न उठाउनुका साथै अदालतको ढोका पनि ढक्ढक्याएकी थिइन् ।

यो मुद्दामा ९ पटक पेशी चढेपछि अदालतले सोमबार मागदाबी नपुग्ने निर्णय दिएको हो। प्रतिवादी सञ्चारमाध्यमहरू र पत्रकारले कानुनी प्रतिनिधिहरू (वकिल) मार्फत् यो मुद्दामा प्रतिरक्षा गरेका थिए।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ६ : ४२ बजे

राजस्व चुहावट गरेको भन्दै पाँच जनाविरुद्ध आरोप पत्र दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गढवा गाउँपालिका दाङका तत्कालीन अध्यक्ष

मन्त्री बज्राचार्यद्वारा पद तथा गोपनीयताको शपथ

बागमती– बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शैलेन्द्रमान बज्राचार्यले आज पद

मन्त्रालयले मुलुक केन्द्रित रणनीतिमा काम गरिरहेको छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयले मुलुक केन्द्रित रणनीतिक कार्ययोजना निर्माणका

पाकिस्तानको खैबर पख्तुनख्वामा प्रहरीचौकी नजिकै आत्मघाती बम विस्फोट, १७ जनाको मृत्यु

पेशावर– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्वात जिल्लाको कबाल प्रकरी चौकी

भूमिहीन र सुकुम्वासी समस्या समाधानमा वर्तमान सरकार कटिबद्ध

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सत्तापक्षका सांसदले भूमिहीन र सुकुम्वासी समस्या