रवि पत्नी निकिताले हारिन् ९ सञ्चारमाध्यविरूद्ध दायर करोडौँ बिगो दाबीसहितको मुद्दा « Khabarhub

रवि पत्नी निकिताले हारिन् ९ सञ्चारमाध्यविरूद्ध दायर करोडौँ बिगो दाबीसहितको मुद्दा


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


606
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पत्नी निकिता पौडेल लामिछानेले विभिन्न ९ वटा सञ्चारमाध्यमविरुद्ध दर्ता गरेको करोडौँ दाबीसहितको मुद्दा हारेकी छन्।

काठमाडौंस्थित सत्य साई सहकारी प्रकरणबारे प्रकाशित समाचारलाई लिएर लामिछाने पत्नी निकिताले दायर गरेको मानहानी मुद्दामा काठमाडौं जिल्ला अदालतले दाबी नपुग्ने फैसला सोमबार गरेको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश आत्मदेव जोशीको इजलासले जनआस्था साप्ताहिक, कान्तिपुर दैनिक, अनलाइनखबर, नागरिक दैनिक, अर्थ सरोकार र उकेरा अनलाइनसहितका सञ्चारमाध्यम र पत्रकारहरूलाई विपक्षी बनाएर मुद्दा हालेकी थिइन् ।

९ वटा मिडिया हाउस र पत्रकारहरूविरुद्ध दायर गरिएको मुद्दामा न्यायाधीश जोशीको इजलासले पौडेलको दाबी अस्वीकार गरिदिएको हो ।

निकिताले ९ सञ्चारमाध्यम र सम्बन्धित पत्रकारहरूलाई प्रतिवादी बनाएर २०८० चैत २३ गते गाली बेइज्जतीको मुद्दा हालेकी थिइन्।

उनले त्यसबेला प्रत्येक प्रतिवादीबाट ५–५ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेकी थिइन् । जसअनुसार उनले कूल मागदाबी नै करौडौं पुग्थ्यो ।

ती सञ्चारमाध्यमले सत्य साई सहकारी संस्थाबाट रवि-निकिताले ५० लाख रुपैयाँ निकालेर खर्च गरेकोबारे समाचार प्रकाशित गरेका थिए। ती समाचार सामग्रीलाई आधार बनाएर निकिताले सामाजिक सञ्जालमा प्रश्न उठाउनुका साथै अदालतको ढोका पनि ढक्ढक्याएकी थिइन् ।

यो मुद्दामा ९ पटक पेशी चढेपछि अदालतले सोमबार मागदाबी नपुग्ने निर्णय दिएको हो। प्रतिवादी सञ्चारमाध्यमहरू र पत्रकारले कानुनी प्रतिनिधिहरू (वकिल) मार्फत् यो मुद्दामा प्रतिरक्षा गरेका थिए।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ६ : ४२ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम