पन्ध्र दिने मूर्तिकला कार्यशाला सम्पन्न « Khabarhub

पन्ध्र दिने मूर्तिकला कार्यशाला सम्पन्न


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित कालीगण्डकी नदीको किनारमा यही वैशाख ७ गतेदेखि सुरु भएको पन्ध्र दिने मूर्तिकला कार्यशाला आज सम्पन्न भएको छ । 

ललितकला प्रज्ञा प्रतिष्ठानको समन्वयमा घरपझोङ गाउँपालिका र एकीकृत सेवा कार्यालय मुस्ताङको संयुक्त आयोजनामा भएको कार्यशालामा २१ भन्दा बढी मूर्तिकार सहभागी भएका थिए । 
 
कार्यशालामा चार पुस्ताका मूर्तिकारले यहाँका ढुङ्गामा दुई दर्जनभन्दा बढी मूर्ति सिर्जना गर्दै अन्तरपुस्ता सीप हस्तान्तरणको अभ्यास गरेका थिए । 

मूर्तिकला र आर्टस् पेन्टिङमा विगत २५ वर्षदेखि कार्यरत अङ्ग्रज मूर्तिकार हेटौँडाका लक्ष्मण भुजेलले यहाँ चलेको कार्यशाला विश्वकै अग्लो उचाइमा आयोजना भएको दाबी गरे । यहाँको उचाइ समुन्द्री सतहदेखि करिब दुई हजार ७०० मिटर रहेको छ । 

 विश्वका आधा दर्जनभन्दा बढी देशमा भएका यसप्रकारका कार्यशालामा सहभागी भुजेलले मूर्तिकला संस्कृतिले ऐतिहासिक, धार्मिक र सांस्कृतिक विषय वस्तुलाई पछिल्ला पुस्तासम्म जीवन्त तुल्याउने बताए ।

त्रिभुवन विश्व विद्यालयमा सेन्टर डिपाटमेन्ट अफ फाइन आर्टस विषयमा अध्ययनरत रामेछापकी मूर्तिकार करुणा श्रेष्ठले यहाँको प्रतिकूल मौसमसँग घुलमिल भएर काम गर्ने अवसर पाउँदा पृथक् अनुभव सँगाल्न पाएको उल्लेख गरिन् । 

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ६ : ५८ बजे

सुरुङभित्र उद्धारका लागि स्विट्जरल्यान्डले दियो अत्याधुनिक ड्रोन

काठमाडौं- जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोज

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौं– नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा स्थानीय

भोटेकोशी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा– भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…

काठमाडौं– एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर

‘पर्खी बसे तिमीलाई, फर्की आएनौँ’

काठमाडौं-म त पर्खेको पर्खै छुबतास बनी छुन आइदेऊ नफेरि मेरै