मिलनचोक-रातोढुंगा प्रसारण लाइन र सबस्टेशनको परीक्षण सफल | Khabarhub Khabarhub

मिलनचोक-रातोढुंगा प्रसारण लाइन र सबस्टेशनको परीक्षण सफल


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीनवटा स्थानीय तहमा विद्युत् आपूर्ति गर्न निर्माण भएको प्रसारण लाइन र सबस्टेशनको परीक्षण सफल भएको छ ।  

पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुंगा जोड्ने २२ किलोमिटर दूरीको प्रसारण लाइन र रातोढुंगामा ३३-११ केभी क्षमताको सबस्टेशनको परीक्षण गरिएको हो । निर्माण कम्पनी एटुजेड इन्जिनियरिङका प्रतिनिधि पद्यसागर लुइँटेलले प्रसारण लाइन र सबस्टेशनको परीक्षण सफल भएको जानकारी दिए । 

‘नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीको निगरानीमा परीक्षण माघ १६ गते सकिएको छ’, उनले भने, ‘सबस्टेशन वरपरका जग्गाधनीको विवादका कारण सबस्टेशन चार्ज र सञ्चालन गर्न समस्या भएको छ ।’ वितरण लाइनमा जोड्ने वातावरण भएमा एकै दिनमा सञ्चालन गर्न सकिने लुइँटेलले बताए । गत पुस २९ गतेदेखि परीक्षण सुरु गरिएको थियो ।

रातोढुंगामा रहेको सबस्टेशन नजिकैका जग्गाधनीले ३३-११ केभी क्षमताको प्रसारण लाइनको पाँचवटा टावर सार्न माग गर्दै तातोपानी र दरवाङतर्फ जाने ११ केभी क्षमताको वितरण लाइनमा जोड्न नदिएका हुन् । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले आयोजना, निर्माण व्यवसायी र प्रभावित जग्गाधनीसँग छलफल गरेर सबस्टेशन चार्ज र प्रसारण लाइन सञ्चालन गर्न पहल गरेको बताए । 

नेपाल विद्युत् प्राधिकरणमार्फत एटुजेड इन्जिनियरिङले सन् २०१६ मा ठेक्का लिएको सबस्टेशन र प्रसारण लाइन सन् २०१८ को डिसेम्बरमा सक्ने लक्ष्य थियो । सुरुआती चरणमा जग्गा अधिग्रहणमा भएको ढिलाइका कारण प्रभावित बनेको थियो । पोल गाड्ने र तार तान्ने क्रममा जग्गाधनीको अवरोधले रोकिएको आयोजनाको काम गत जेठ महिनामा चार वर्षपछि सुरु भएको थियो । 

चार वर्षअघिनै सम्पन्न हुनुपर्ने सबस्टेशन र प्रसारण लाइन निर्माणमा भएको ढिलाइले म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन विस्तार र विद्युत् आपूर्ति प्रभावित भएको छ । 

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुुर जुग्जाली, प्रदेशसभा सदस्य हरि भण्डारीलगायतले ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरेर ठेकेदारलाई काममा फर्काउन पहल गरेका थिए । पछिल्लो विवाद समाधानका लागि विद्युत् प्राधिकरण, आयोजना, प्रशासन र गाउँपालिकासँग सहजीकरण गरेको मन्त्री जुग्जालीले बताए।

रातोढुङ्गा सबस्टेशन र प्रसारण लाइन सञ्चालन भएपछि पश्चिमी क्षेत्रको धवलागिरि, मालिका र मङ्गला गाउँपालिकामा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा विस्तारमा सहज हुने विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख प्रताप बरालले बताए ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  १२ : ४२ बजे

जर्मनीका राजदुतले भेटे स्वास्थ्यमन्त्री : जेनेरिक औषधिको गुणस्तरीय उत्पादनबारे छलफल  

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा गौतम र नेपालका

आजपनि तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं–  स्थानीय बजारमा शुक्रबार सुनको मूल्य केही बढेको छ ।

बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै

काठमाडौं– स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय

विप्लव, घनश्याम र जनार्दनबीच भेट, वैकल्पिक राजनीति ध्रुवीकरण बनाउनेबारे छलफल 

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’

पूर्वप्रधानमन्त्रीद्धय दाहाल र खनालबीच भेटवार्ता

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री