बीपी प्रतिष्ठानका उपकुलपतिलाई कालोमोसो दल्न खोज्ने ३ जना पक्राउ | Khabarhub Khabarhub

बीपी प्रतिष्ठानका उपकुलपतिलाई कालोमोसो दल्न खोज्ने ३ जना पक्राउ


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

सुनसरी– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्रा.डा प्रल्हाद कार्कीलाई कालो मोसो दल्न खोजेको आरोपमा मंगलबार  प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नवीनराज भण्डारीका अनुसार बीपी प्रतिष्ठानका कामु उपकुलपतिलाई कालो मोसो दल्ने प्रयास गरेको आरोपमा ३ जनालाई पक्राउ गरिएको हो । उनीहरु मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पाटी नेपालका कार्यकर्ता रहेको बताइएको छ ।

पक्राउ पर्नेहरूमा भीम बहादुर सार्की, शेर बहादुर कटुवाल र खेम थापा रहेका छन् । उनीहरु पक्राउ पर्नु अगाडि उपकुलपति कक्षमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू पनि प्रवेश गरेका थिए । अन्तिम समयमा प्रवेश गरेका उनीहरुले  कालो मोसो दल्न खोजेको बताइएको छ ।

यसैबीच बीपी प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा सूर्य प्रसाद सङ्ग्रौलाले विज्ञप्ति जारी गर्दै उक्त  घट्नाको निन्दा गरेका छन् ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  १ : १० बजे

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले