हेटौँडा आन्तरिक राजस्व कार्यालयद्वारा लक्ष्यभन्दा कम राजस्व सङ्कलन « Khabarhub

हेटौँडा आन्तरिक राजस्व कार्यालयद्वारा लक्ष्यभन्दा कम राजस्व सङ्कलन


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले विगत छ महिनामा लक्ष्यभन्दा कम राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म रु चार अर्ब १४ करोड ३० लाख ९५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु दुई अर्ब ९३ करोड ११ लाख ७६ हजार राजस्व सङ्कलन भएको जनाइएको छ ।

उक्त कार्यालयले चालु आर्थिक वर्षमा रु आठ अर्ब ८० करोड ४५ लाख २४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । कार्यालयबाट प्राप्त विवरणअनुसार विगत छ महिनामा आयकरतर्फ रु ४८ करोड ८६ लाख ६७ हजार, घरभाडा करतर्फ रु ७८ लाख ९२ हजार, ब्याज करतर्फ रु चार करोड पाँचलाख ८१ हजार, आन्तरिक करतर्फ रु ४९ करोड ९० लाख ६८ हजार, अन्तःशुल्क करतर्फ रु एक अर्ब ६१ करोड ४८ लाख २७ हजार तथा स्वास्थ्यसेवा करतर्फ रु २८ करोड एक लाख ४१ हजार राजस्व सङ्कलन भएको जनाएको छ ।

विगत छ महिनामा ३२ हजार एक सय ८६ करदातामध्ये १२ हजार सात सय २१ करदाताले आयकर तिरेका थिए भने १९ हजार चार सय ६५ जनाले तिर्न बाँकी रहेको छ । आयकर नतिर्नेमा ठूला करदाता नै दुई हजार सात सय पाँचजना रहेका बताइएको छ ।

बागमती प्रदेशको राजधानी हेटौँडा भए पनि ठूला उद्योग तथा व्यापार/व्यवसाय बन्द भएको र सञ्चालनमा रहेका उद्योग तथा व्यवसायको अवस्था नाजुक भएकाले राजस्व सङ्कलनमा समस्या भएको सो कार्यालयका कर्मचारीले जनाएका छन् । प्रमुख करअधिकृत तुलसीप्रसाद भट्टराई बढी कर आउने उद्योग केही समयदेखि बन्द रहेका कारण राजस्व सङ्कलन लक्ष्यको तुलनामा कम भएको बताए ।

कार्यालयले आर्थिक वर्ष २०७९/८० मा रु सात अर्ब ५० करोड ३९ लाख ४२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु छ अर्ब ६० करोड ८८ लाख २२ हजार सङ्कलन गरेको थियो । गत आर्थिक वर्ष पनि लक्ष्यको तुलनामा कम राजस्व सङ्कलन भएको थियो ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ४ : ०८ बजे

सनम हत्या प्रकरण : सुन तस्करीका मुख्य नाइके गोरेलाई थप १० वर्ष कैद सजाय

विराटनगर- ३३ किलो सुन तस्करी प्रकरणका प्रमुख योजनाकार ‘गोरे’ भनिने

चितवन क्षेत्र नम्बर १ : महिला मतदाता बढी उम्मेदवार कम

चितवन– चितवनका तीन नगरपालिका समेटिएको क्षेत्र नम्बर १ मा महिला

अवैध गोदाममा छापा मार्दा तस्करको आक्रमण, तीन सशस्त्र प्रहरी घाइते

पर्सा– पर्साको वीरगञ्ज महानगरपालिका–१० स्थित एक अवैध गोदाममा सशस्त्र प्रहरीले

ऋतिक रोशनको ड्रीम प्रोजेक्ट ‘कृष ४’ निर्माणमा ब्रेक

काठमाडौं– बलिउड सुपरस्टार ऋतिक रोशनको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘कृष ४’

ठमेलमा गन्तव्य बनेको ‘एलओडी क्लब’ सातौँ वर्षमा

काठमाडौं- ठमेलस्थित ‘एलओडी क्लब’ले सातौँ वर्षमा प्रवेश गरेको छ। क्लबले