अमेरिकाले ‘हङकङका केही अधिकारीमाथि भिसा प्रतिबन्ध लगाउँदै « Khabarhub

अमेरिकाले ‘हङकङका केही अधिकारीमाथि भिसा प्रतिबन्ध लगाउँदै


१८ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन डिसी– अमेरिकाले हङकङका केही अधिकारीमाथि भिसा प्रतिबन्ध लगाउने भएको छ । हालै हङकङमा पारित भएको एक विधेयकको विषयलाई लिएर अमेरिकाले हङकङका केही अधिकारी माथि भिसा प्रतिबन्ध लगाउने भएको हो ।

अमेरिकाका अनुसार सो कानुनले जनताको ‘मानवअधिकार र स्वतन्त्रता’ को हनन गर्ने काम गरेको छ । अमेरिकाले हङकङका अधिकारीहरूले गरेको ‘क्र्याक डाउन’मा  देशद्रोह, जासुसी र अन्य अपराधहरूलाई लक्षित गर्ने नयाँ राष्ट्रिय सुरक्षा कानून पारित गरेपछि यो कदम चालेको हो ।

संयुक्त राज्य अमेरिकाका अनुसार सो नयाँ राष्ट्रिय सुरक्षा नीति बनाउन संलग्न ती अधिकारीहरूले ‘अधिकार र स्वतन्त्रता’ नदिने खोज्ने  जिम्मेवार अधिकारीहरूलाई नयाँ भिसा प्रतिबन्ध लगाउनेछ ।

चीनको शासित क्षेत्रमा कडा राष्ट्रिय सुरक्षा कानून लागू भएको केही दिनपछि अमेरिकाले यो कदम चालेको हो ।

नयाँ कानूनको धारा २३ मा उल्लेख गरिएको व्यवस्था अनुसार सरकारको विरोध गर्नेहरूले अब कथित देशद्रोह, जासूसी, राजद्रोह र हङकङको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप जस्ता अभियोगको सामना गर्नुपर्ने हुन्छ । नेतृत्वप्रति सबै प्रकारका असहमतिलाई रोक्न सो कानुनले बाटो खोलेको थियो ।

अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनले भने, ‘यो कानून हङकङ भित्र असहमतिलाई दबाउन र विदेशमा कार्यकर्ताहरूलाई धम्की दिने चीनको अभियानलाई अगाडि बढाउन प्रयोग गर्ने देखिएको छ ।’

बेलायतले १९९७ मा सो शहर चीनलाई हस्तान्तरण गरेको थियो, त्यसपछि सो क्षेत्र चीन शासित क्षेत्रको रूपमा रहँदै आएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ९ : ११ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट