न्यायाधीशको आचरण छानबिन गर्न संसदीय समिति गठन हाेस – सांसद सिंह « Khabarhub

न्यायाधीशको आचरण छानबिन गर्न संसदीय समिति गठन हाेस – सांसद सिंह


१८ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वतन्त्र सांसद अमरेशकुमार सिंहले न्यायाधीशहरुको आचरणबारेमा संसदीय छानबिन समिति गठनको माग गरेका छन् ।

जिल्लादेखि सर्वोच्च अदालतसम्मका न्यायाधीशले गरेको न्याय निरूपणको बारेमा संसदीय छानबिन गर्नुपर्ने उनको भनाई छ । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले न्यायपालिकाको जिल्ला वा उच्च वा सर्वोच्चले फैसला गर्दा कानुनको आधारमा हुनुपर्ने बताउँदै व्यक्तिको अनुहार हेरेको आधारमा फैसला गर्न नहुने बताए ।

गत शुक्रबार सर्वोच्च अदालतबाट प्रतिनिधि सभा सदस्य टेकबहादुर गुरुङको निलम्बन फुकुवा हुन आदेश भएको थियो । उक्त आदेशतर्फ संकेत गर्दै सांसद सिंहले भने, ‘वर्षौदेखि रहेका जनताका मुद्दा पेसीमा नचढ्ने । कसैको एकै महिनामा पाँच पटक पेशी चढ्ने ?’

न्यायपालिकाको निर्णय प्रक्रिया संविधान र कानुनसम्मत हुनुपर्ने भन्दै उनले कुन आधारमा निर्णय भइरहेको छ त्यसका लागि न्यायाधीशहरुको मोबाइल रेकर्ड मनिटरिङ हुनुपर्ने माग राखे ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  १ : ०१ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण