सनराइजर्सविरुद्ध गुजरात ७ विकेटले विजयी | Khabarhub Khabarhub

सनराइजर्सविरुद्ध गुजरात ७ विकेटले विजयी


१८ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इण्डियन प्रिमियर लिग अन्तर्गत गुजरात टाइटन्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा गुजरातले सनराइजर्सलाई ७ विकेटले पराजति गरेको हो ।

सनराइजर्सले दिएको १६३ रनको लक्ष्य पछाएको गुजरातले १९.१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । गुजरातको जितमा साइ सुदर्शनले सर्बाधिक ४५ रन बनाएका थिए भने डेभिड मिलरले अविजित ४४, कप्तान शुभमन गिलले ३६, रिद्धिमान शाहले २५ र विजय शंकरले अविजित १४ रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको सनराइजर्सले २० ओभरमा ८ विकेट गुमाउदै १६२ रन बनाएको थियो । सनराइजर्सका लागि अभिषेक शर्मा र अब्दुल समादले सर्बाधिक २९/२९ रन बनाएका थिए । त्यसति शहबाज अहमदले २२, ट्राभिस हेडले १९, मयंक अग्रवालले १६ र एडेन मर्क्रमले १७ रन बनाएका थिए ।

त्यसैगरी गुजरातका बलर मोहित शर्माले सर्बाधिक ३ विकेट लिए भने अज्मतुल्लाह ओमारजाई, उमेश यादव, रसिद खान र नूर अहमदले एक एक विकेट लिएका थिए । यो गुजरातको यस सिजनमा तेस्रो खेलमा दोस्रो जित हो । यो जितपछि ३ खेलमा ४ अंक भएको छ र चौथो स्थानमा रहेको छ । त्यस्तै सनराइजर्सको भने यो तेस्रो खेलमा दोस्रो हार हो ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ७ : ४७ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि