कान्तिपुर सहकारीका सीबी लामा पक्राउ, करिब ८ अर्ब बचत हिनामिना गरेको आरोप « Khabarhub

कान्तिपुर सहकारीका सीबी लामा पक्राउ, करिब ८ अर्ब बचत हिनामिना गरेको आरोप


१८ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


654
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष सीबी लामालाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त सहकारीको सञ्चालकका रुपमा करिब दुई अर्ब रुपैयाँ बचत हिनामिना गरेको आरोपसहितको उजुरी परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय लामालाई चितवनको नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो ।

कार्यालयका प्रमुख एवम् एसएसपी सानुराम भट्टराईका अनुसार लामालाई काठमाडौं ल्याएर अनुसन्धान अघि बढाइएको छ ।

लामाविरुद्ध सहकारीको अर्बौँ बचत हिनामिना आरोपसहित जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको थियो ।

लामाले मात्रै कान्तिपुरसहितका अन्य सहकारीबाट ८ अर्ब रुपैयाँ बचत हिनामिना गरेको आरोप छ ।

जसमध्ये कान्तिपुर सहकारीको मात्रै दुई अर्ब बचत अपचलनबारेको जाहेरी परेपछि उनलाई अपराध अनुसन्धान कार्यालयले हिरासतमा लिएको हो ।

सुप्रिम र स्वर्णिम सहकारीका सञ्चालक गितेन्द्रबाबु राई जस्तै लामा पनि सहकारीको ठूलो रकम हिनामिनाका प्रमुख आरोपी हुन् ।

प्रकाशित मिति : १८ जेठ २०८१, शुक्रबार  १ : ०५ बजे

विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन आग्रह

दाङ– लुम्बिनी प्रदेश सरकारले सम्भावित विपद् प्रतिकार्यका लागि उच्च सतर्कता

भँडारे खोलामा सडकमाथिबाट लेदोसहितको बाढी आउँदा सिद्धिचरण लोकमार्ग अवरुद्ध

ओखलढुङ्गा– लगातारको वर्षाका कारण ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ

परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्य बेलायतका अन्तरराष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री

बेनी-जोमसोम-कोरला सडकमा राति गाडी चलाउन नपाइने

मुस्ताङ– उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकमा यही असोज ८

बीसौँ एसियाली खेलकुद : पुरुष क्रिकेटतर्फ नेपालले अफगानिस्तानविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं– जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा नेपालले