क्यान अध्यक्ष चन्द भन्छन्- सन्दीपलाई १५औं खेलाडीको रूपमा गोप्य राखिएको थियो  « Khabarhub

क्यान अध्यक्ष चन्द भन्छन्- सन्दीपलाई १५औं खेलाडीको रूपमा गोप्य राखिएको थियो 


१८ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


20.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले आईसीसी टी-२० विश्वकपको टोलीमा १५औं खेलाडीका रूपमा सन्दीप लामिछानेको नाम गोप्य राखिएको बताएका छन् । अध्यक्ष चन्दले आईसीसीले नै नेपाललाई ‘विशेष सुविधा’ दिएर लामिछाने नै १५औं खेलाडीको रूपमा राखिएको स्पष्ट गरेका छन् ।

अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि सामाजिक सञ्जाल र मिडियामा अध्यक्ष चन्दसहित क्यानको आलोचना भइरहेका बेला उनले स्पष्ट गरेका हुन् ।

अध्यक्ष चन्दले सन्दीपले भिसा आवेदन दिनुअघि नै अमेरिकी दूतावासलाई नाम पठाइएको बताउँदै आइसीसीको पत्र समेत सार्वजनिक गरेका छन् ।

उनले आइसीसीले नेपाललाई विशेष सुविधा दिएको उल्लेख गर्दै सन्दीपको भिसामा समस्या भएमा उनको ठाउँमा अन्य खेलाडीलाई राख्ने सुविधा दिएको उल्लेख गरेका छन् ।

साथै उनले नेपाली टोली अमेरिका जाने समयसम्म क्रिकेटर लामिछानेको अदालतमा बलात्कार मुद्दा विचाराधीन रहेको र उनले सफाइ पाइसकेका नसकेको बताउँदै आईसीसीले विशेष परिस्थिति भएकोले नेपाललाई मात्र सुविधा दिएको बताएका छन् ।

क्यानले सतर्कता साथ गोप्य राख्नुपर्ने विषयलाई कमजोरीका रूपमा व्याख्या नगर्न समेत उनले आग्रह गरेका छन् ।

प्रकाशित मिति : १८ जेठ २०८१, शुक्रबार  १ : ४४ बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान