गण्डकीको मुख्य न्यायाधिवक्तामा पुन दोहोरिए शर्मा « Khabarhub

गण्डकीको मुख्य न्यायाधिवक्तामा पुन दोहोरिए शर्मा


१८ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त भएका छन्  ।

नेपालको संविधानको धारा १६० को उपधारा (२) को व्यवस्थाबमोजिम गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले शर्मालाई मुख्य न्यायाधिवक्तामा नियुक्ति गरेका हुन्  ।

शर्माले यसअघि पनि सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा मुख्य न्यायाधिवक्ताको जिम्मेवारी सम्हालेका थिए । म्याग्दीको बेनी नगरपालिका–१० का स्थायी बासिन्दा शर्मा विसं २०४८ देखि कानून व्यवसायमा आबद्ध छन् । बिएल, बिएडका साथै उनले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका  छन् ।

म्याग्दीको महेन्द्र माविमा दुई वर्ष प्रधानाध्यापक रहेका उनी झन्डै १८ वर्ष म्याग्दी बहुमुखी कलेजमा राजनीतिशास्त्र र बिजनेस ल विषय प्राध्यापन गरेका थिए । उनी म्याग्दी जिल्ला नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष समेत हुन् ।

प्रकाशित मिति : १८ जेठ २०८१, शुक्रबार  ३ : १९ बजे

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको

सुनचाँदीको मूल्य क्रमशः घट्दै

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार २०० रुपैयाँ

तामाकोसी किनारमा युवती र बालक मृत फेला

काठमाडौँ– दोलखाको भीमेश्वर नगरपालिका-५ स्थित तामाकोसी नदी किनारमा एक युवती