प्रचण्ड, ओली र नेपालबीच सिंहदरबारमा वार्ता, देउवासँगको भेटबारे दुई नेताको चासो « Khabarhub

प्रचण्ड, ओली र नेपालबीच सिंहदरबारमा वार्ता, देउवासँगको भेटबारे दुई नेताको चासो


१८ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


783
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले बुधबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेपछि प्रमुख सत्तारूढ दलका नेताहरू सशंकित भएका छन् ।

देउवाले बूढानीलकण्ठमा बोलाएको प्रतिपक्षी दलको बैठकमा नेपाल पनि मिसिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सशंकित भएका हुन् ।

नेपालको बूढानीलकण्ठ मूभबारे प्रधानमन्त्री दाहालले बिहीबार र शुक्रबार लगातार स्पष्टीकरण दिइरहेका छन् । उनले नेपालसँग आफ्नो संवाद भएको बताउँदै उनी अहिलेको सत्ता सकीकरणबाट दायाँबायाँ नगर्ने कुरामा आफू विश्वस्त रहेको बताइरहेका छन् ।

अहिलेको समीकरण छाडेमा प्रधानमन्त्री बनाइदिने आश्वासन देउवाबाट पाइरहेका नेपालको बूढानीलकण्ठ यात्राले अनेक प्रश्न जन्माइरहेका बेला शुक्रबार तीन सत्तारूढ नेताहरूबीच सिंहदरबारमा वार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री दाहाल, अध्यक्ष ओली र समाजवादी अध्यक्ष नेपालबीच करिब एक घण्टा संवाद भएको हो ।

उक्त भेटका क्रममा समसामयिक राजनीतिबारे छलफल भएको जानकारी अध्यक्ष ओलीले सञ्चारकर्मीहरूलाई दिएका छन् ।

उनले भेटपछि बाहिरिने क्रममा समसामयिक विषयमा कुराकानी भएको बताउँदै विस्तृत खुलाउन चाहेनन् ।

तर तीन नेताबीचको यस भेटमा बुधबार साँझ समाजवादी अध्यक्ष नेपालले बालकोट पुगेर कांग्रेस सभापति देउवा र अन्य विपक्षी नेतासँग गरेको संवाद मुख्य एजेन्डा बनेको थियो ।

तीन नेताबीचको छलफलमा ओली र दाहालले देउवा र दुई मधेसवादी दलका नेतासँग भएको कुराकानीबारे नेपालसँग जिज्ञासा राखेका छन् ।

अध्यक्ष नेपालनिकट स्रोतका अनुसार यो भेटमा वर्तमान सत्ता गठबन्धनलाई बलियो बनाउने, जेठ १५ मा प्रस्तुत बजेटलाई कार्यान्वयन गर्ने र समीकरणलाई तलैसम्म लैजाने विषयमा कुरा भएको छ ।

‘तीन नेताबीचको भेटमा अविश्वास हटाएर देशैभर मिलेर जाने गरी कुरा भएको छ’, नेपालनिकट स्रोतले भन्यो, ‘यसका साथै भेटघाट जारी राख्ने पनि सहमति भएको छ ।’

नेपाल बूढानीलकण्ठ गएपछि ओली र दाहाल दुवै नेपालसँग छलफल गर्ने निर्णय लिएका थिए । त्यहीअनुसार नेपाललाई सामन्य भेटघाट गरौँ भनेर सिंहदरबारमा बोलाइएको थियो ।

स्रोतका अनुसार उक्त भेटका क्रममा दुवै नेताले देउवासँग भएको संवादबारे नेपाललाई सोधेका थिए । नेपालले देउवासँग बूढानीलकण्ठमा भएको भेटमा त्यस्तो गम्भीर कुरा केही नभएको जवाफ दिएका छन् ।

‘हामी अहिले यही समीकरणमा छौँ, बूढानीलकण्ठमा खास गम्भीर कुरा भएन’, नेपालको भनाइ उर्द्धृत् गर्दै स्रोतले भन्यो, ‘देउवाजीले भेटघाट गरौँ, चिया खाऊँ भनेर बोलाएका गएको हो ।’

प्रकाशित मिति : १८ जेठ २०८१, शुक्रबार  ५ : १८ बजे

शुक्लफाँटा राष्ट्रिय निकुञ्जका विस्थापित परिवारको व्यवस्थापनका लागि अध्ययन समिति गठन

काठमाडौं– शुक्लफाँटा राष्ट्रिय निकुञ्जका कारण  विस्थापित परिवारको समस्या सम्बोधन गरिने भएको

बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण, २९ भूमिहीन परिवार बने जग्गाधनी

काठमाडौं– सरकारले बर्दियाबाट जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण सुरु गरेको छ

नेपाल-कोरिया पर्यटन प्रवर्द्धन समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं– एजट्रेक डिजिटल सेफ्टी सिस्टमको प्रयोग गरी कृतिम बुद्धिमत्ता (एआई) मा

सवारीसाधनको ठक्करबाट युवकको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–८ खरकट्टा जङ्गलस्थित

काउलीमा भेटियो अत्यधिक मात्रामा विषादी

काठमाडौं– कालीमाटी तरकारी बजारको काउलीमा अत्यधिक मात्रामा विषादी भेटिएको छ