धूम्रपान र सुर्तीजन्य पदार्थको प्रयोगबाट मुखको क्यान्सर बढ्दो « Khabarhub

धूम्रपान र सुर्तीजन्य पदार्थको प्रयोगबाट मुखको क्यान्सर बढ्दो


१८ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा धूम्रपान र सुर्तीजन्य पदार्थको प्रयोगबाट मुखको क्यान्सर बढ्दै गएको बताइएको छ ।

विश्व धूमपानरहित दिवस २०२४ का अवसरमा आज कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालले आयोजना गरेको कार्यक्रममा पछिल्लो समय धूम्रपान र सुर्तीजन्य पदार्थको अत्यधिक प्रयोगले मुखको क्यान्सर बढ्दै गएको बताइएको हो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले सुर्तीजन्य पदार्थको प्रयोगसम्बन्धी ऐनलाई कार्यान्वयन गर्नका लागि सरकारले काम गरिरहेको बताए । उनले सरकारले बनाएको राष्ट्रिय मुख स्वास्थ्य रणनीतिमा सुर्तीजन्य पदार्थले गर्दा लाग्ने क्यान्सर र त्यसको उपचार पद्धतिबारे समावेश गरिएको उल्लेख गरे ।

नेपाल अर्बुद रोग निवारण संस्थाका सदस्य डा प्रदीप वैद्यले युवा जगतमा सुर्तीजन्य पदार्थको प्रयोग बढ्दै गएको भन्दै यसलाई नियन्त्रणका लागि प्रयोगकर्ता आफैँ सचेत हुनुपर्ने बताए।

चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)का अनुसन्धान प्रमुख डा प्रदीप ज्ञवालीले नेपालमा कति व्यक्तिलाई क्यान्सर लागेको छ भन्ने बारेमा क्यान्सर पञ्जीकरण गर्नु आवश्यक रहेको उल्लेख गरे ।

त्यसैगरी स्वास्थ्य विभाग इपिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा रुद्र मरासिनी, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ शोधकर्ता डा विष्णुप्रसाद मरासिनीलगायतले नेपालमा दाँत तथा मुखसम्बन्धी क्यान्सरको छुटै अनुसन्धान आवश्यक रहेको उल्लेख गरे।

कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा बुद्धिमान श्रेष्ठले सुर्तीजन्य पदार्थको प्रयोगबाट मुखमा हुने क्यान्सरका बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको बताए। उनले मुखमा हुने क्यान्सरलाई कम गर्न अस्पतालले देशका विभिन्न दुर्गम क्षेत्रमा स्वास्थ्य सचेतनाका साथै निःशुल्क स्वास्थ्यजाँच गरिरहेको जानकारी दिए ।

कलेजका प्राचार्य प्राडा रवीन्द्रमान श्रेष्ठ, ओरल मेडिसिन विभागका प्रमुख प्राडा सिद्धार्थ गुप्ता, दन्त जनस्वास्थ्य विभाग प्रमुख डा सुजिता श्रेष्ठलगायतले नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट वार्षिक धेरै मानिसको ज्यान जाने गरेकाले यसलाई रोक्न सरकारले विशेष योजना अगाडि सार्नुपर्ने बताए ।

पछिल्लो समय सुर्तीजन्य पदार्थको प्रयोगका नाममा विद्युतीय चुरोट, हुक्कालगायत पदार्थ सेवन गर्नेको सङ्ख्यासमेत बढ्दै गएको छ । सुर्तीजन्य पदार्थको प्रयोगसँगै मानिसमा हृदयाघात, क्यान्सर, फोक्सो, श्वासप्रश्वास, मस्तिष्क घातलगायत रोग हुने गरेका छन् । नेपालमा १५ देखि ५९ वर्ष उमेर समूहका २८ दशमलव नौ प्रतिशतले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेको तथ्याङ्क छ । त्यस अवसरमा कलेजका विद्यार्थीले धूम्रपानबाट हुने मुखको क्यान्सरसम्बन्धी नाटक प्रदर्शन गरेका थिए ।

‘सुर्तीजन्य पदार्थ रोकथाम केन्द्र’ स्थापना

विश्व धूम्रपानरहित दिवसका अवसरमा आजै कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्रमा ‘सुर्तीजन्य पदार्थ रोकथाम केन्द्र’ स्थापना गरिएको छ । ‘सुर्तीजन्य पदार्थको लतमा लागेका व्यक्तिलाई बानीबाट छुटाउने उद्देश्यले केन्द्र स्थापना गरिएको अस्पतालका निर्देशक डा प्रतिक्षा श्रेष्ठले जानकारी दिइन् ।

केन्द्रले सुर्तीजन्य पदार्थ प्रयोगकर्तालाई परामर्श प्रदान, रोकथामका उपाय, निकोटिन पदार्थको वैकल्पिक उपाय सुझाउने र विभिन्न सरोकार भएका  निकायसँगको सहकार्यमा विद्यालय तथा समुदायमा सुर्तीजन्य पदार्थको प्रयोग र यसका नकारात्मक प्रभावबारेमा सचेतना कार्यक्रम सञ्चालन गर्नेछ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  ५ : ५४ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम