काठमाडौं महानगरको १५औँ नगर सभा जेठ ३२ मा  « Khabarhub

काठमाडौं महानगरको १५औँ नगर सभा जेठ ३२ मा 


१८ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाको नगर सभा, १५ औँ अधिवेशन जेठ ३२ गतेका लागि आव्हान गरिएको छ । आज महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको कार्यपालिकाको ३२ औँ बैठकले नगर सभाको मिति तय गरेको हो ।

आज बसेको बैठकले नयाँ सडक क्षेत्रमा पैदल मार्ग विस्तार र वडा नं. २२ बाट राजस्व सम्बन्धी फाइल केन्द्रमा लगिएको सम्बन्धी विषय शिक्षक दरबन्दी परिपूर्ति गर्ने लगायतका विषयमा छलफल गरेर प्रस्ताव पारित गरेको छ ।

त्यस्तै बैठकले ‘कानुन तर्जुमा र स्थानीय राजपत्र तथा नीतिगत दस्ताबेज सम्पादन एवं प्रकाशन कार्यविधि – २०८१’ ‘श्रम बैङ्क सञ्चालन कार्यविधि- २०८०’ को पहिलो संशोधन र ‘टोल विकास संस्था (गठन तथा परिचालन) कार्यविधि – २०८०’ मा पहिलो संशोधनका लागि सैद्धान्तिक सहमति दिएको छ ।

यस्तै ‘फार्मेसी सञ्चालन तथा नियमन सम्बन्धी निर्देशिका – २०८१’ र ‘साथी महानगर सञ्चालन कार्यविधि – २०८१’ संशोधनसहित पारित भएका छन् ।

६० वर्ष उमेर पूरा भएका र १० वर्ष सेवा गरेर स्वैच्छिक अवकाशमा जान चाहने स्वयम सेविकाहरूलाई सुविधासहित सेवाबाट अलग हुने अवसर प्रदान गर्ने बैठकले निर्णय गरेको छ । यस्तै सहरी योजना आयोगको सदस्यमा इञ्जिनियर शैलेन्द्र झा र प्रसुनरत्न बज्राचार्यको नियुक्तिलाई अनुमोदन गरेको छ ।

बैठकमा सुशासन समितिका संयोजक ख्यामराज तिवारी, पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठ, विधायन समितिका सदस्य सचिव वसन्त आचार्य र स्वास्थ्य तथा शिक्षा समितिका सदस्य सचिव गोविन्दrप्रसाद शर्माले प्रस्ताव पेश गरेका थिए ।

यस्तै कार्यपालिका सदस्यहरू उदयचुडामणि बज्राचार्य, राजेन्द्रकुमार श्रेष्ठ, ईश्वरमान डंगोल, नवराज पराजुली, कुश ढकाल, दलबहादुर कार्की, विनोकुमार अछामी र महेश नेपालीले विषयमाथि धारणा राखेका थिए ।

प्रकाशित मिति : १८ जेठ २०८१, शुक्रबार  ७ : २२ बजे

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको

सुनचाँदीको मूल्य क्रमशः घट्दै

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार २०० रुपैयाँ

तामाकोसी किनारमा युवती र बालक मृत फेला

काठमाडौँ– दोलखाको भीमेश्वर नगरपालिका-५ स्थित तामाकोसी नदी किनारमा एक युवती