तराईमा तातो हावाको लहर अझै बढ्ने « Khabarhub

तराईमा तातो हावाको लहर अझै बढ्ने


१८ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विगत केही दिनदेखि देशका अधिकांश भू–भागको तापक्रम वृद्धि भइरहेको छ ।

शुक्रबार पनि तराईका केही स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ । आज नेपालगन्जमा ४३, धनगढीमा ४२.५, दिपायलमा ४१.२, सुर्खेतमा ४०.४, घोराहीमा ३८.६ र भैरहवामा ३६.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।

निरन्तर तापक्रम बढिरहेका कारण तराईमा तातो हावाको लहर अझै बढ्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिम तराईमा डेढ सातादेखि चलिरहेको तातो हावको लहर आइतबारसम्म चल्ने छ ।

उच्च तापक्रम र तातो हावाका कारण तराईको जनजीवन प्रभावित भएको छ । बाँके, रुपन्देही, दाङ, कैलाली लगायतका केही स्थानमा विद्यालय समेत बन्द गरिएको छ ।

याे पनि…

अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप छ दिन बन्द

भारतमा गर्मीका कारण ३१ को मृत्यु

प्रकाशित मिति : १८ जेठ २०८१, शुक्रबार  १० : ५२ बजे

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली