तराईमा तातो हावाको लहर अझै बढ्ने « Khabarhub

तराईमा तातो हावाको लहर अझै बढ्ने


१८ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विगत केही दिनदेखि देशका अधिकांश भू–भागको तापक्रम वृद्धि भइरहेको छ ।

शुक्रबार पनि तराईका केही स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ । आज नेपालगन्जमा ४३, धनगढीमा ४२.५, दिपायलमा ४१.२, सुर्खेतमा ४०.४, घोराहीमा ३८.६ र भैरहवामा ३६.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।

निरन्तर तापक्रम बढिरहेका कारण तराईमा तातो हावाको लहर अझै बढ्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिम तराईमा डेढ सातादेखि चलिरहेको तातो हावको लहर आइतबारसम्म चल्ने छ ।

उच्च तापक्रम र तातो हावाका कारण तराईको जनजीवन प्रभावित भएको छ । बाँके, रुपन्देही, दाङ, कैलाली लगायतका केही स्थानमा विद्यालय समेत बन्द गरिएको छ ।

याे पनि…

अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप छ दिन बन्द

भारतमा गर्मीका कारण ३१ को मृत्यु

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  १० : ५२ बजे

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्