१५३ विश्व कीर्तिमानी व्यक्तित्व डीआर उपाध्याय | Khabarhub Khabarhub

१५३ विश्व कीर्तिमानी व्यक्तित्व डीआर उपाध्याय


१८ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली सिर्जना आकाशको क्षितिजलाई नियालेर जब हामी प्रतिभाहरू खोज्न थाल्दछाैं त्यहाँ हामी बहुप्रतिभाका धनी गीतकार, कृतिकार डा. डीआर उपाध्याय/खनाललाई पाउँछाै । नेपाली क्षितिजमा मात्र होइन विश्व सिर्जनाको क्षितिजमा एक प्रदीप्त ताराका रूपमा स्थापित भएका छन् उनी ।

उनको सिर्जनाको लहर विश्वको कुना–कुनासम्म गिनिज बुक्स अफ रेकर्ड, बुक अफ अमेरिका, अष्ट्रेलिया, युकेलगायत विश्वका विभिन्न वल्र्ड रेकर्ड प्रदान गर्ने दर्जनभन्दा बढी संस्थाहरूमार्फत लहराइरहेका छन् । गिनिज बुक अफ वल्र्ड रेकर्ड, बुक अफ अमेरिकालगायत दर्जनाैं संस्थामा नाम दर्ज हुनु यसै पनि असाधारण कर्म मानिन्छ ।

नेपाली आमाका सन्तान डीआर उपाध्याय/खनालले गीत, सङ्गीत र विविध क्षेत्रमा नयाँ सिर्जना गरेर १५३ विश्व कीर्तिमानी रेकर्ड कायम राख्न सफल भएका हुन् । सायद यसरी एउटै मानिसले यति धेरै कीर्तिमानी रेकर्ड कायम गर्नसक्नु आफैँमा महान् उपलब्धि हो । डा उपाध्याय विश्वमा अधिक कीर्तिमान कायम गर्ने विशिष्ट स्रष्टाको शीर्ष १० छन् ।

गीत, सङ्गीत र साहित्य सिर्जनामा यति विघ्न विश्व रेकर्ड कायम गर्ने क्षमताका धनी डा. उपाध्याय पहिलो नेपाली सर्जक हुन् । माता उमादेवी र पिता शिवशंकर प्रसाद उपाध्याय खनालका कान्छा सुपुत्रका रूपमा पर्सा जिल्लाको वीरगञ्जमा सन् १९६२ मा उदाउनुभएका धर्मराज उपाध्याय आज डा. डीआर उपाध्याय/खनालका नामले प्रसिद्ध छन् । उनको प्रारम्भिक शिक्षा त्रि–जुद्ध व्यावसायिक माविमा भएको थियो ।

नेपालबाट उच्च शिक्षा गरेपश्चात् भारतबाट विद्यावारिधि सम्मको उपाधि हासिल गरेका छन् । विद्यावारिधिले उनलाई अझ देश र समाजप्रतिको जिम्मेदारीको बोध भयो । जन्मिएपछि केही सुकर्म गरेरै जानुपर्छ भन्ने ज्ञान आफूमा रहेको उनी बताउँछन् । यसै ज्ञानको बलले उनलाई आफूमा रहेको प्रतिभाको बोध भयो ।

गीतकार, कवि तथा उपन्यासकार उपाध्यायको पछिल्लो कृति ‘मझधार’सहित १६ उपन्यास कृति सार्वजनिक भएका छन् । उनका ‘बज्रघात, त्यागी, भाग्यचक्र, अपवित्र छायाँ, स्वार्थी, बिटुली, अतिरिक्त, दगाबाज, अधुरो प्रेम, सपनाकी रानी, कफी लभ, मेरी प्रिया, भाइरस लभ, कसुर’ जस्ता कृतिहरू पाठकमाझ छन् ।

समाजका विविध स्वरूपको पर्यवेक्षण गर्दै गतिशील सामाजिक मूल्यमा आस्था राख्ने कीर्तिमानी गीतकारका रुपमा डा. उपाध्यायले परिचय बनाएका छन् । उनी आफूभित्रको सिर्जनशील प्रतिभाको सफल प्रदर्शन गर्दै कला साहित्यको आराधनामा तल्लीन छन् ।

बहुआयामिक व्यक्तित्वका धनी उपाध्यायको प्रसिद्धि गीतकारका रूपमा अझ उच्च छ । कला र साहित्यलाई समाजको दर्पण ठान्ने उनका सिर्जनामा जीवन जगत्को यथार्थपरक प्रस्तुति पाइन्छ ।

सानै उमेरदेखि जिज्ञासु उनमा हरेक विषयलाई सूक्ष्म ढंगले निरीक्षण गर्ने र त्यसका विभिन्न पक्षलाई मौलिक ढंगले चिन्तन गर्ने विलक्षण स्वभाव थियो । कला, साहित्यलाई विचार र संवेदना अभिव्यक्तिको सशक्त माध्यम पनि भनिन्छ ।

चिन्तनशील र भावुक स्वभावका उपाध्यायलाई पनि आफ्ना विचार र भावको भेल बगाउन यहीँ माध्यम उपयुक्त लाग्यो । मनका छाल र हृदयका तरंगहरू शान्त पार्न उनले सिर्जनाको गोरेटा रोजे । सिर्जनाको त्यो बिज आज विशाल वटवृक्षमा पल्लवीत भएको छ ।
कलिलो उमेरदेखि नै उनमा गीत तथा कविता लेखनमा गजबको अनुराग थियो ।

विभिन्न कविता तथा गीतहरू कोरेर दाइदिदी तथा आफ्ना संगीहरूलाई देखाउथे । सबै जनाबाट प्रसंशा र हौसला पाएपछि उनको मनमा अझ उत्साह भरिन्थ्यो । कलिलो उमेरबाटै गाढा बनेको कलमप्रतिको मोहले उनको यात्रा पनि कलासाहित्यको सेरोफेरोमै अघि बढ्न थाल्यो ।

मानिसका रुचि एकै किसिमका हुँदैनन् । सफलताका उचाइमा पुग्ने चाहना धेरैलाई हुने भए पनि त्यसको प्राप्ति सहज पक्कै हुँदैन । प्रकृतिले नै प्रत्येक मानिसमा जन्मजात फरक–फरक क्षमता र रहरको संयोजन गराइदिएको छ । रुचि र खुबीको मिलन भयो र त्यसको भरपुर उपयोग गरियोे भने मात्र सफलताका सिँढीरू उक्लिन सकिन्छ । सयौं कालजयी गीतका स्रष्टा डा. उपाध्याय पनि आफूभित्रको सिर्जनात्मक शक्ति र रुचि बुझेर यस क्षेत्रमा होमिए । जसको फलस्वरुप आज गीत संगीतको फाँटमा उनी सशक्त स्रष्टाको रूपमा परिचित छन् ।

धेरैको जीवनबाट प्रेरणा र प्रभाव ग्रहण गरे पनि हरेक मानिस आफैँमा विशिष्ट र मौलिक हुनुपर्छ भन्ने गीतकार डा. उपाध्यायको मान्यता छ । त्यसैले त उनी आफ्नो छुट्टै पहिचान र अस्तित्वको खोजी गरिरहन्छन् । स्रष्टाको पगरी भिरेपछि निर्माण भइसकेको बाटोमा हिँडेर मात्र पुग्दैन नयाँ गोरेटो पनि पहिल्याउनुपर्छ भन्ने उनको धारणा छ । यही मान्यताका साथ कलाकर्ममा समर्पित डा. उपाध्यायको गीतकारहरूका बीच पनि बेग्लै परिचय बनिसकेको छ ।

प्रतिभाका कुवेर डा. उपाध्याय सिर्जनाको गोरेटोमा सधैँं उत्साहित बनेर कविता, गीत र उपन्यासहरू कोरलिरहेका छन् । डा. उपाध्यायको जीवनले गरेका संघर्षका किस्साहरू पनि बेहिसाब छन् । संघर्षका सयौँ पहाड छिचोलेर मिलेको उचाइ र सफलताले उनलाई अपार खुसीको तहमा पु¥याएको छ ।

कलासाहित्यको भीडमा अरुभन्दा पर बसेर पृथक पहिचान बनाए उनी धेरैका लागि प्रेरणाको स्रोत पनि हुन् । उनका सिर्जना जति प्रेरक र मिठासपूर्ण छन् उनको व्यक्तित्व पनि त्यत्तिकै शालीन र सौम्य छ । हँसमुख चेहरा, स्पष्ट बोली, सरल र निष्कपट व्यवहारले प्रभावित नहुने सायदै होलान् ।

डा. उपाध्यायका रचना र कृतिहरूमा सकारात्मक विचारको ढुकढुकी भेटिन्छ । उनीद्वारा रचित कैयन गीतको सङ्गीतवद्ध स्वर सुन्दा समाजका साथै राष्ट्रकै गौरव गाथामा टेवा पुगेको छर्लंग हुन्छ । हरेक मानिसलाई उसले भोगेको परिवेश, संस्कार तथा संस्कृतिले पनि ठूलो प्रभाव पार्छ । सामाजिक चेतनाको स्तर कहाँ छ त्यहीँ धरातलमा टेकेर मान्छेले आफ्ना धारणा र विचारको विकास गरिरहेका हुन्छन् ।

साधारण परिवेशमा हुर्केर पनि कोही भने विश्वमै नौलो काम गर्न उद्यत हुन्छन् । तिनै दुर्लभ व्यक्तिमध्ये डा. उपाध्याय पनि एक हुन् । उनले नेपाली कला साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन विभिन्न सार्थक प्रयास गरेका छन् । उनँबाट रचित दर्जनौँ गीतहरूले विश्व कीर्तिमान् राख्न सफल भएका छन्् ।

सानैदेखि आम मानिसका पीर व्यथा र आँशुमा आफू पनि अंशीयार हुन खोज्ने उपाध्यायलाई मान्छेले भोगका वेदना, रङ्गीन सपना र कठोर सङ्घर्षहरूलाई सिर्जनामा उतार्न रुचिकर लाग्ने बताउँछन् ।

त्यसैले उनका रचनामा सामाजिक तस्वीरलार्ई सजीव रूपमा समेटिएको पाइन्छ । लेखनलाई नै आफ्नो जीवनको अभिन्न पक्ष ठान्ने साहित्यकार डा. उपाध्यायका समसामयिक रचनाहरू राष्ट्रियस्तरका दैनिक पत्रिकाहरुमा नियमितजसो प्रकाशित भइरहेका छन् । लेखनको केन्द्र विन्दु सामाजिक यथार्थतामा हुनुपर्छ भन्ने उहाँको मान्यता रहेको पाइन्छ ।

उनका ‘प्रणय, नशालु नजर, जखम, प्रतिनाद, अन्तराप, सहेली, जोहो, माउण्टेन मेलोडी, परिष्कृत, कृति, प्रतिनाद, पृथक, अन्जान तिर्खा, सुधारस, स्वर्गघर, नजरको तीर, सभेन्थ कड्स, सौभाग्यको सिन्दुर, अनुभुतिको मझेरीमा, चाहनाको महल, कत्वर्य बोध, धरोहर, हृदयको झंकार, धर्ती र जीवन, प्रतिभा, सपनाको महल, धड्कन, आकाङ्क्षा, अभिभूत, अभिलाषा, आवृत’ लगायतका ३६ वटा एल्वम स्रोता÷दर्शकमाझ आएका छन्

यस्तै सबैभन्दा सानो गीतको पुस्तक (२ वाई २ इन्च)को गीतिसङ्ग्रह ‘अनुभूतिको मझेरी’, नोट साइजको गीति पुस्तक ‘चोट’ र व्यञ्जन वर्णका ३४ अक्षरबाट तयार गरिएको गीति कविता ‘प्रेयसी’ सबैभन्दा ठूलो गीतको पुस्तक २४÷३६ इञ्जको ‘अलौकिक’, एक लाइन अंग्रेजी र एक लाइन नेपाली रहेको गीति पुस्तक ‘अपरिमित’ पनि पाठकमाझ आइसकेको छ ।

उनले आफ्नो साहित्य गीत रचना आदिको कर्मबाट गिनिज बुक अर्फ वल्र्ड रेकर्ड, बुक अफ अमेरिका, अष्ट्रेलिया, लन्डन युकेलगायत विभिन्न देशबाट वल्र्ड रेकडको प्रमाणपत्र प्राप्त गरिसकेका छन् । त्यस्तै उनले एभरेष्ट वल्र्ड रेकड, स्टार वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वल्र्ड रेकर्ड, जिनस वल्र्ड रेकर्ड, व्रिटिश वल्र्ड रेकर्ड जस्ता रेकर्डको प्रमाणपत्रसमेत प्राप्त गरिसकेका छन् ।

उपाध्यायले नारी एवम् पुरुषले दुबै प्रति कस्तो माया, सम्मान, ख्याल, सुरक्षा र ब्यवहार गर्नुपर्छ भन्ने एक एक लाइनको सामाजिक सन्देश प्रवाह गर्ने २८८ लाइनको गीत, साङ्केतीक भाषाको गीत, तीनवटा सप्तकमा बनेको गीत, सगरमाथा हिमाल आरोहण गर्नेहरूको अत्याधिक नामबाट बनाइएको गीत जस्ता विषयबाट डा. उपाध्यायले वल्र्ड रेकर्ड राख्न सफल भएका हुन् ।

यस्तै उपाध्यायले १५० भन्दा बढी देशको पर्यटनस्थलको नाममा गीत तयार गरेर, सबैभन्दा छोटो १८ अक्षरको गीतसंगीत तयार गरेर, एकै दिनमा चार वटा गीत लेखी रेकर्ड गरेर रिलिज गर्ने लगायतका कीर्तिमान उनका नाममा छन् ।

कीर्तिमानी गीतकार उपाध्यायले नेपाली गीत सङ्गीतलाई विश्व बजारमा पु¥याउँदै गिनिज बुक, अमेरिकन वल्र्ड बुकसहित सबै वल्र्ड रेकर्डमा नेपालकै गौरव बढाएको छ । उनी भन्छन्, ‘यो रेकर्ड मैले आफ्नो लागि मात्र नभई नेपाली गीत सङ्गीतलाई विश्वमा चिनाउनका लागि पनि गरेको हुँ ।’

‘हिरो २०१९’बाट समेत सम्मानित गीतकार डा. उपाध्यायलाई गीतकार सङ्घ नेपालको नवौं वार्षिकोत्सव कार्यक्रममा ‘वर्ष गीत पुरस्कार’बाट पुरस्कृत गरिएको थियो ।

नेपाल र नेपाल बाहिर हुने विभिन्न गीत–सङ्गीतका अवार्डमा पनि उहाँका प्रायजसो गीत पुरष्कृत हुन सफल छ । यस्तै उहाँलाई मुम्बईको प्रतिष्ठित अवार्ड दादा साहेव फाल्के अवार्ड बाट पनि विभूषित गरिएको छ । ‘म समाजका लागि गीत उपन्यास लेख्छु, आत्मसन्तुष्टिका लागि गीत लेख्छु’ भन्ने उपाध्याय स्रोता र दर्शकले रुचाइदिँदा थप हौसला र अपार आनन्द हुने बताउँछन् ।

जीवनको सक्रिय क्षणसम्म साहित्यमै समर्पित हुने उपाध्यायको अठोटलाई श्रीमती सुनिता खनालले पनि मलजल गरिरहेकी छन् । लेखनमा नवीन विषयहरुको खोजी गर्ने डा. उपाध्याय स्रष्टाले आफ्नै भाषा–शैलीको निर्माण गर्नुपर्छ भन्ने कुरामा जोड दिन्छन् । सरल भाषाशैली, अलंकार, बिम्ब, प्रतीकको सन्तुलित प्रयोगले सुन्दर उनका रचनामा विचारको पनि परिपाक भेटिन्छ । ती विचारहरू न रुढीग्रस्त परम्परागत चिन्तनले गाँजेका छन् न त आधुनिकतामा चुकेका छन् ।

बरु बदलिँदो समयको चेतनालाई डो-याउँदै समुन्नत समाज निर्माणको परिकल्पना पाइन्छ । संख्यात्मक रूपमा त उहाँका रचनाहरू उल्लेखनीय नै छन् साथै गुणात्मक दृष्टिले पनि उत्तिकै अब्बल ठहरिएका छन् ।

उपाध्यायका गीतमा विषयगत विविधता पाइन्छ । सबै वर्ग, पेशा र समुदायका विचार र विषयलाई उनले समेट्ने कोसिस गरेका छन् । उनका एल्बममा रहेका गीतमा माया प्रेम, रोमान्स, विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत पनि छन् ।

उनका चाड–पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन लाई लक्षित गीत, समाजमा रहेका नागरिकलाई स्वस्थ तथा निरोगी बनाउन योगसम्बन्धी गीत, महिला प्रताडनासम्बन्धी गीत, मजदुर किसान भरियासम्बन्धी गीतलगायत विभिन्न परिवेशका गीत छन् ।

साहित्यमा विविध विधा र आयामहरूमा डुवुल्की मार्दै स्वरैकल्पना तथा यथार्र्थ वादी धारमा सलल्ल बग्न सक्ने सामाथ्र्य राख्नुहुने डा. उपाध्याय चेतनाले ओतप्रोत प्राणयुक्त साहित्य सिर्जना गर्न उन्मुख हुनुहुन्छ । जमिन मुनी परपरसम्म पुगेको जरा र झाँगीएको पिपलको विशाल रुख झैँ जिवन्त र आकर्षक हुनु पर्दछ साहित्य भन्ने उनको धारणा छ ।

प्रकाशित मिति : १८ जेठ २०८१, शुक्रबार  ७ : ०१ बजे

अमेरिकी राष्ट्रपतिमा ह्यारिसको उम्मेदवारी घोषणा, ओबामाले पनि गरे समर्थन

काठमाडौँ– अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले आगामी राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ