देश बनाउन खोज्दा पशुपति जलहरी प्रकरण लगाए : ओली | Khabarhub Khabarhub

देश बनाउन खोज्दा पशुपति जलहरी प्रकरण लगाए : ओली


१५ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आधा शताब्दीभन्दा बढी समयदेखि देश बनाउने अभियानमा लागेका कारण आफूलाई पशुपति जलहरीजस्ता विभिन्न प्रकरणमा झुटा आरोप लगाउने गरिएको तर्क गरेका छन्‌ ।

शनिबार काठमाडौंमा क्याप्टेन रामेश्वर थापाको पुस्तक ‘इन्टु द फायर’ बिमोचन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रविरुद्ध आवाज उठाउनेहरू नै अहिले ठूलो कुरा गरिरहेको आरोप समेत लगाए ।

केही दिनअघि पूर्वप्रधानमन्त्री एवम्‌ प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई तिहाइको घमण्ड देखाए सरकारले बङ्गलादेश र श्रीलङ्काको हालत ब्यहोर्नुपर्ने चेतावनी दिएका थिए । दाहालको सो अभिव्यक्तिप्रति पनि ओलीले कटाक्ष गरे ।

‘श्रीलङ्का र बङ्गलादेशबाट सिक’ भनेर प्रचण्डले अर्ती उपदेश दिएको भन्दै ओलीले आफूले १७ हजार मान्छे नमारेको कारण खुट्टा नकमाउने बताए । नेपाल कुनै देशको फोटोकपी मेसिन नभएको पनि ओलीको भनाइ थियो ।

यो पनि-

पशुपतिनाथमा सुनको जलहरी प्रकरण : अख्तियारद्वारा तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर (आरोपपत्रसहित)

जलहरी प्रकरण संसदको रेकर्डबाट हटाउनु गलत : शेखर कोइराला

अब नेपालमा कुनै पनि किसिमको हिंसा सम्भव नभएको दाबी गर्दै प्रधानमन्त्री ओलीले नेपाल श्रीलङ्का र बङ्गलादेश जस्तै हुनसक्ने धम्कीबाट आफू नडराउने दोहोर्‍याए ।

ओलीले राजनीति र राज्य व्यवस्थालाई घृणा गर्ने भन्ने कुरा सामाजिक अराजकतामात्रै भएको र यसले समाजलाई बेथितितर्फ लाने धारणा राखे । प्रधानमन्त्री ओलीले लोकतान्त्रिक शासन प्रणालीमा अरूको अधिकार हनन् हुने गरी हुने कुनै पनि गतिविधि वा अराजकतालाई राज्यले कानुनी रूपमा रोक्ने पनि उल्लेख गरे ।

सत्ता गठजोडको प्रमुख घटक नेपाली कांग्रेसलाई पनि ओलीले सत्ताको नेतृत्व आलोपालो गर्ने सन्दर्भमा थप विश्वस्त बनाउन खोजे । आफूलाई पदको कुनै लोभ नभएको पनि जिकिर गर्दै उनले आफ्नो कार्यकाल सकिनुअघि नै सहज रूपमा कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने बताए ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  ६ : ०५ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका