भक्तपुरमा पञ्चदान (तस्बिरहरू) « Khabarhub

संस्कृति

भक्तपुरमा पञ्चदान (तस्बिरहरू)


१५ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– पाँच दीपङ्कर बुद्धलाई नगर परिक्रमा गराउँदै भक्तपुरमा पञ्चदान पर्व मनाइएको छ। प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशी (पञ्चदान चह्रे) का दिन बौद्ध संस्कृतिअनुसार पञ्चदान पर्व मनाइन्छ ।


पञ्चदान पर्वका दिन भक्तपुर नगरपालिका-९, सूर्यमढीमा पाँच वटा दीपङ्कर बुद्धलाई बिहान भेला गराइ दिनभर नगर परिक्रमा गराउने परम्परा छ। यसअघि नगरका पाँच छुट्टाछुटै स्थामा राखिएका दीपङ्कर बुद्धलाई सूर्यमढी पुर्‍याउने परम्परा छ ।

यसअनुसार बिहानै प्रशन्नशील महाविहार क्वाठण्डौंको मूल दीपङ्कर बुद्ध, चर्तुब्रह्म महाविहार साकोठाको दीपङ्कर बुद्ध, मङ्गलधर्म दीप महाविहार झौरवही पलिखेलको दीपङ्कर बुद्ध, जयकीर्ति महाविहार थथुवही इटाछेंको दीपङ्कर बुद्ध र बौद्ध समकृत विहार कुथुवही भक्तपुर मिनीबस पार्कको दीपङ्कर बुद्धलाई भक्तपुर-९, सूर्यमढी टोलस्थित डबलीमा बोकेर ल्याइपुयाइएको थियो ।

सूर्यमढी टोलस्थित आदिपद्म महाविहारमा मूल पुजारी (थाय्पाजु)द्वारा पञ्चदान प्रारम्भ गरेपछि ती पाँच दीपङ्कर बुद्धलाई नगरका विभिन्न स्थानमा परिक्रमा गराइएको थियो ।

नगर परिक्रमा गराउने क्रममा चोकको ठाउँठाउँमा स्वागत गर्ने, विराजमान गराई पूजा चढाउने, विशेष साङ्गीतिक बाजाको धुनमा नृत्य र स्त्रोत्र पाठ गरी परिक्रमा गर्ने गराउने परम्परा छ ।

नगर परिक्रमा गर्ने पाँच वटा दीपङ्कर बुद्धलाई बिहान सूर्यमढीबाट जेंला, दतात्रय, क्वाठण्डौं, गोल्मढी, सुकलढोका, महालक्ष्मी, भोलाछें, चोछेंबाट सुकुलढोका ल्याइएको थियो । त्यहाँबाट पुनः साकोथा, दरबार स्क्वायर, इँटाछें, भक्तपुर मिनीबस पार्क ल्याइएको थियो ।

पञ्चदानका रूपमा दैनिक उपभोग्य वस्तु दान गर्ने परम्परा छ । धान, चामल, मकै, गेडागुडीलगायतका खाद्यान्न दान गरिन्छ । लोभलालच नराखी केही प्राप्त गर्ने मनशाय नराखी शुद्ध मनले निःस्वार्थ रूपमा दान गर्दा पुण्य प्राप्त हुने विश्वासका साथ हजारौं नगरबासी दानमा सहभागी हुने गरेका छन् ।

तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  ४ : ३२ बजे

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको

टिकट नपाए पनि विचलित छैन : झपट रावल

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य झपट बहादुर रावलले पार्टीको

प्रतिनिधिसभा निर्वाचन : गोकुल बाँस्कोटालाई ओलीले दिएनन् टिकट

काठमाडौँ – नेकपा एमालेकोे आन्तरिक विवाद चर्किँदो छ । पार्टीको

रुख चुनाव चिन्हबाहेक अन्यथा कल्पना गर्न सक्दिनँ : पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रुख

ताप्लेजुङमा एमालेले क्षितिज थेबेलाई उम्मेदवार बनाउने

काठमाडौं – नेकपा एमालेले ताप्लेजुङमा युवा नेता क्षितिज थेबेलाई उम्मेदवार