सुपर ओभरमा श्रीलंकाले दियो ३ रनको लक्ष्य, एक बलमै भारतको जित ! | Khabarhub Khabarhub

सुपर ओभरमा श्रीलंकाले दियो ३ रनको लक्ष्य, एक बलमै भारतको जित !


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – श्रीलंकाविरुद्धको टी–२० सिरिजको तेस्रो खेलमा भारतले रोचक जित निकालेको छ। यसअघि सिरिजका दुई खेल जितिसकेको भारतविरुद्ध शानदार प्रदर्शन गरेको श्रीलंका अन्तिम खेलमा सुपर ओभरमा पराजित भएको हो। टस हारेर सुरुमा ब्याटिङ गरेको भारतले ९ विकेट गुमाउँदै १३७ रन बनाएको थियो। १३८ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ८ विकेटको क्षतिमा १३७ रन बनाउँदै खेल सुपर ओभरमा धकेलेको हो।
सुपर ओभरमा पहिलो ब्याटिङ गरेको श्रीलंकाले दुई विकेट गुमाएर भारतलाई मात्र तीन रनको लक्ष्य दियो। उसका लागि कुसल मेन्डिसले दुई बलमा एक रन जोडे भने कुसल परेरा, पथुम निसानका शून्यमै आउट भए। अर्को एक रन वाइड पाएको श्रीलंकाले मात्र दुई रन जोडेको हो। भारतका वासिङ्टन सुन्दरले चार बल फाल्दा दुई विकेट हात पारेका हुन्।

३ रनको लक्ष्य पछ्याएको भारतका लागि कप्तान सूर्यकुमार यादवले पहिलो बलमा चौका प्रहार गर्दै रोचक जित निकालेका हुन्। यो रोचक जितसँगै भारतले श्रीलंकाविरुद्धको टी–२० सिरिजमा ३-० को शानदार जित निकालेको छ।

पहिलो खेलमा ४३ रनको जित निकालेको भारतले वर्षाका कारण अवरुद्ध भएको दोस्रो खेलमा डिएलएस पद्धतिमा ७ विकेटको जित निकालेको थियो। अब भारतले श्रीलंकासँगै ओडिआइका तीन खेलको सिरिज खेल्नेछ।

सूर्यकुमार यादवको कप्तानीमा श्रीलंका भ्रमणमा रहेको भारतले टी–२० र ओडिआइ दुवै सिरिज आफ्नो पक्षमा पार्ने लक्ष्य राखेको छ। भारतका प्रमुख प्रशिक्षक गौतम गाम्भीरले नयाँ कप्तानसहितको टिमलाई महत्त्व दिएका छन्। भारतको क्रिकेटमा नयाँ युगको सुरुवात गर्ने घोषणा गरेका गाम्भीरले सूर्यकुमारलाई कप्तान बनाएका हुन्। यो सिरिजलाई प्रशिक्षक गाम्भीर र कप्तान यादवको अग्नि परीक्षाको रुपमा लिइएको छ।

यो पनि पढ्नुहोस्

श्रीलंकाविरुद्धको सिरिजमा भारतको लगातार दोस्रो जित

सूर्यकुमारको कप्तानी : पहिलो खेलमा श्रीलंकामाथि भारत ४३ रनले विजयी

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ६ : ३३ बजे

सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त

काठमाडौं – सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य

गण्डकीमा आवधिक योजनाका आधारमा बजेट ल्याइने

गण्डकी – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को

गौतमबुद्ध विमानस्थलको जग्गा मन्त्रिपरिषद्ले निर्णय गरेर अधिग्रहण भएको हो : क्यान

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको जग्गाको

गभर्नर सिफारिस समितिमा पोषराज पाण्डे नियुक्त

काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्यमा पोषराज

सङ्खुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीन जना घाइते

सङ्खुवासभा – सङ्खुवासभाको चैनपुर नगरपालिका–८ मानेडाँडामा चट्याङ लागेर एक जनाको