आजको मौसम पूर्वानुमान : केही प्रदेशमा दिनभर मुसलधारे वर्षा हुने | Khabarhub Khabarhub

आजको मौसम पूर्वानुमान : केही प्रदेशमा दिनभर मुसलधारे वर्षा हुने


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


573
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो १२ घण्टामा देशभर वर्षा भएको तथा विशेष गरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धैरै स्थानमा र बाँकी प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा मापन गरिएको विभागले बताएको छ ।

हाल देशभर साधारणतया बदली रहेको बागमती र मधेस प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही भेगमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागका अनुसार आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरोबाट बच्न विभागले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ६ : ४५ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले