बल्खु खोलामा आएको बाढीले बगाउँदा एकजनाको मृत्यु | Khabarhub Khabarhub

बल्खु खोलामा आएको बाढीले बगाउँदा एकजनाको मृत्यु


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


19.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं बल्खु खोलाको बाढीमा परी एकजनाको मृत्यु भएको छ । प्रहरीले बल्खु पुलमुनि अडकिएको अवस्थामा बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको शव भेटिएको जनाएको छ । 

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीका अनुसार काठमाडौँको सुकुम्बासी टोलमा बस्दै आएका निजको बाढीमा परी मृत्यु भएको हो । मृतकका परिवार प्रहरीको सम्पर्कमा आएकाले उनीहरूलाई शव बुझाउने तयारी भएको छ ।  

काठमाडौँ उपत्यकामा गए राति मुसलधारे वर्षा भएपछि वाग्मती र यसका सहायक हनुमन्ते, मनोहरा, धोबीखोला, गोदावरी, विष्णुमती, नक्खु, बल्खुखोलालगायत सबैमा जलसतहले खतराको तह पार गरेको थियो । 

बाढी खोलाकिनारको सडकसम्म पसेको र कतिपय बस्ती डुबानमा परेका प्रवक्ता मैनालीले जानकारी दिए । 

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ९ : ४८ बजे

नमित मल्होत्राको खुलासाः चार हजार करोडको ‘रामायण’ विश्वकै सबैभन्दा ठूलो फिल्म

काठमाडौं – नितेश तिवारीद्वारा निर्देशित रामायण अहिले यसको भव्यता, विशाल

कानूनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसद अन्तर्गत रहेको विभिन्न चारवटा समितिका बैठक बस्दैछन्

किन फरफराउँछ आँखा ? यस्तो छ कारण

काठमाडौं- हाम्रो समाजमा आँखा फरफराउनुलाई शुभ या अशुभ संकेत मान्ने

शेखको शतकले भारत र इंग्ल्यान्डको युवा टेस्ट बराबरीमा सकियो

काठमाडौं – भारत र इंग्ल्यान्डको युवा टोलीको टेस्ट बराबरीमा सकिएको

फोनमा डाटा र ब्याट्री छिट्टै सकिन्छ ? यसो गर्नुहोस्

काठमाडौं- तपाईंको फोनमा डाटा र ब्याट्री छिट्टै सकिन्छ ? ब्याट्री