एक सय ४१ हेक्टर जमिनमा सिँचाइ सुविधा « Khabarhub

एक सय ४१ हेक्टर जमिनमा सिँचाइ सुविधा


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

पर्वत– जिल्लाको एक सय ४१ हेक्टरमा सिँचाइ सुविधा थप भएको छ । यहाँ सञ्चालित ११ वटा विभिन्न सिँचाइका योजना सम्पन्न भएसँगै स्थानीय किसानको सिँचाइमा पहुँच बढेको हो ।

 जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका अनुसार जलजला गाउँपालिका–८ मा तल्लो कुलो, उपल्लो कुलो, डिलकुलो सिँचाइ योजना, मोदी गाउँपालिका–८ को साजखोला ठूलीब्याड सिँचाइ योजना, कुश्मा नगरपालिका–१२ को अर्जिकोटखोला ब्याड सिँचाइ योजना, महाशिला–३ को अँधेरीखोला, घोप्टेचौर, निगालीडाँडा सिँचाइ योजना सम्पन्न भएका हुन् । 

त्यसैगरी मोदी–१ मा भुकताङ्ले सिँचाइ योजना, जलजला–७ मा लुङ्दीखोला–भेडावारी-दुलेपानी सिँचाइ योजना र फलेवासस्थित नमूना पोखरी सिँचाइ योजना, लिफ्ट सिँचाइलगायत योजना  सम्पन्न भएका उक्त कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका अनुसार सिँचाइ सुविधा विस्तार गरिएको क्षेत्रफलमध्ये १० हेक्टरमा डिप ट्युबेल आयोजना कार्यान्वयन भएको हो ।  अब पर्वतमा सिँचाइ सुविधा पुगेको क्षेत्रफल छ हजार तीन सय हेक्टर पुगेको छ ।

 चार हजार पाँच सय ७९ हेक्टरमा मौसमी र बाह्रै महिना सिँचाइ हुने क्षेत्रफल एक हजार छ सय ९४ हेक्टर छ । यसबाहेक गत आर्थिक वर्ष २०८०-८१ मा किसानका साना कुलो सुधार तथा पुनःस्थापनाबाट एक सय २८ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गरिएको छ । 

गत आवमा उक्त कार्यालयमार्फत सञ्चालित प्रदेश मातहतका ८३ वटा योजना र संघीय सरकारअन्तर्गतका २६ वटा योजना गरी एक सय नौ योजना थिए । चालु आवका लागि पनि चार ठूला योजनालाई स्रोत सुनिश्चित भएको छ । 

चालु आवमा सम्पन्न हुनुपर्ने ती  योजनाबाट थप ८८ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने कार्यालय प्रमुख विष्णुहरि अधिकारीले जानकारी दिए ।

 गण्डकी प्रदेश मातहतको उक्त कार्यालयलाई आव २०८०-८१ मा पुँजीगततर्फ १८ करोड ७४ लाख ५० हजार बजेट प्राप्त भएकामा १७ करोड ४२ लाख ८६ हजार नौ सय खर्च भएको छ । 

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  १२ : २९ बजे

तनहुँमा मिनी बसको ठक्करबाट वृद्धको मृत्यु

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा मिनी बसको ठक्ककरबाट

एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा

म्याग्दीको धवलागिरिमा धमाधम योजना कार्यान्वयन

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा

एसइईमा कामपाका ७६.७५ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’

काठमाडाैं – काठमाडाैं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमध्ये चार वटा शत्प्रतिशत नतिजासहित

युद्ध क्षेत्रको दायरा विस्तार गरेको इरानी सेनाको दाबी

तेहरान – इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी)ले रणनीतिक रूपमा