एक सय ४१ हेक्टर जमिनमा सिँचाइ सुविधा « Khabarhub

एक सय ४१ हेक्टर जमिनमा सिँचाइ सुविधा


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

पर्वत– जिल्लाको एक सय ४१ हेक्टरमा सिँचाइ सुविधा थप भएको छ । यहाँ सञ्चालित ११ वटा विभिन्न सिँचाइका योजना सम्पन्न भएसँगै स्थानीय किसानको सिँचाइमा पहुँच बढेको हो ।

 जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका अनुसार जलजला गाउँपालिका–८ मा तल्लो कुलो, उपल्लो कुलो, डिलकुलो सिँचाइ योजना, मोदी गाउँपालिका–८ को साजखोला ठूलीब्याड सिँचाइ योजना, कुश्मा नगरपालिका–१२ को अर्जिकोटखोला ब्याड सिँचाइ योजना, महाशिला–३ को अँधेरीखोला, घोप्टेचौर, निगालीडाँडा सिँचाइ योजना सम्पन्न भएका हुन् । 

त्यसैगरी मोदी–१ मा भुकताङ्ले सिँचाइ योजना, जलजला–७ मा लुङ्दीखोला–भेडावारी-दुलेपानी सिँचाइ योजना र फलेवासस्थित नमूना पोखरी सिँचाइ योजना, लिफ्ट सिँचाइलगायत योजना  सम्पन्न भएका उक्त कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका अनुसार सिँचाइ सुविधा विस्तार गरिएको क्षेत्रफलमध्ये १० हेक्टरमा डिप ट्युबेल आयोजना कार्यान्वयन भएको हो ।  अब पर्वतमा सिँचाइ सुविधा पुगेको क्षेत्रफल छ हजार तीन सय हेक्टर पुगेको छ ।

 चार हजार पाँच सय ७९ हेक्टरमा मौसमी र बाह्रै महिना सिँचाइ हुने क्षेत्रफल एक हजार छ सय ९४ हेक्टर छ । यसबाहेक गत आर्थिक वर्ष २०८०-८१ मा किसानका साना कुलो सुधार तथा पुनःस्थापनाबाट एक सय २८ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गरिएको छ । 

गत आवमा उक्त कार्यालयमार्फत सञ्चालित प्रदेश मातहतका ८३ वटा योजना र संघीय सरकारअन्तर्गतका २६ वटा योजना गरी एक सय नौ योजना थिए । चालु आवका लागि पनि चार ठूला योजनालाई स्रोत सुनिश्चित भएको छ । 

चालु आवमा सम्पन्न हुनुपर्ने ती  योजनाबाट थप ८८ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने कार्यालय प्रमुख विष्णुहरि अधिकारीले जानकारी दिए ।

 गण्डकी प्रदेश मातहतको उक्त कार्यालयलाई आव २०८०-८१ मा पुँजीगततर्फ १८ करोड ७४ लाख ५० हजार बजेट प्राप्त भएकामा १७ करोड ४२ लाख ८६ हजार नौ सय खर्च भएको छ । 

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  १२ : २९ बजे

भेडेटारमा तीन दिने खाना महोत्सव सुरु

धरान– सुनसरी र धनकुटाको सिमानामा रहेको पर्यटकीय क्षेत्र भेडेटारमा आजदेखि

समानुपातिकको बन्दसूचीमाथि पुनरावलोकन हुन्छ : सभापति लामिछाने

कास्की– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा

घुसकाण्डमा मुछिएका पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउने आदेश 

काठमाडौं– विशेष अदालतले घुस रिसवतसम्बन्धी मुद्दामा पूर्वभूमिसुधार मन्त्री राजकुमार गुप्तालाई

सन् २०२५ मा सुन र चाँदीको मूल्यले बनायो ऐतिहासिक रेकर्ड

एजेन्सी– सन् २०२५ सुन र चाँदीको मूल्यका लागि सन् १९७९