संघीय संसद् बिजनेसविहीन, सभामुख घिमिरेले मागे समितिहरूसँग सहयोग « Khabarhub

संघीय संसद् बिजनेसविहीन, सभामुख घिमिरेले मागे समितिहरूसँग सहयोग


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद् प्रभावकारी बनाउन संसदीय समितिको सक्रियतामा निर्भर रहने बताएका छन् ।

सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा बुधबार विधेयक विचाराधीन रहेका संसदीय समितिका सभापतिहरूसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

‘संसद प्रभावकारी बनाउन संसदीय समिति सक्रियतामा निर्भर रहन्छ । संसदीय समितिको सक्रियता सभापतिको भूमिकामा निर्भर छ,’ सभामुख घिमिरेले भने, ‘अहिले संसद्‍मा विधेयक छैन । त्यो भनेको खास बिजनेस छैन ।’

बिजनेस नभएपछि संसद् चलाउन नसकिने भन्दै घिमिरेले बिजनेस दिने वातावरण तयार गर्न समितिका सभापतिहरूसँग आग्रह गरे । समिति सञ्चालनका लागि आवाश्यक पूर्वाधार, व्यवस्थापकीय सहयोग गर्न संसद सचिवालय तयार रहेको घिमिरेको भनाइ थियो ।

‘समितिमा विचाराधीन विधेयकहरू टुंगोमा लगाउन विशेष तदारुकता देखाउनुहोस्,’ छलफलमा सहभागी समितिका सभापतिहरुलाई सभामुख घिमिरेले भने ।

छलफलमा सहभागी सभापतिहरूमध्येका एक रामहरि खतिवडाले तीन दिन संसद, तीन दिन समितिको बैठक सञ्चालन गर्ने पूर्वनिर्णय प्रभावकारी हुन नसकेको बताए । उनले संसद सकिनेवित्तिकै सांसदहरू गृहजिल्ला जाने हुँदा समितिको बैठक बस्न नसकेको पनि सुनाए ।

‘अब एक दिन संसद्, एक दिन समिति चलाउने व्यवस्था मिलाउनुपर्‍यो,’ सभापति खतिवडाले सभामुख घिमिरेसँग आग्र गर्दै भने, ‘समितिमा धेरै विधेयक छन् । तर, जटिल प्रकृतिका। कतिपय विधेयकमा राजनीतिक समिति चाहिएको छ । सभामुखबाट सहजीकरण हुने अपेक्षा गर्दछु ।’

अर्का सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक टुंगोमा लाग्ने तयारी रहेको जानकारी दिए । ‘एक दुई विषयमा राजनीतिक सहमति भए टुंगिन्छ,’ उनले भनिन् ।

अर्का सभापति अमरबहादुर थापाले शिक्षा विधेयकमा धेरै संशोधन रहेका बताए । ‘टुंगोमा पुर्‍याउन जनशक्तिको अभाव छ,’ उनले भने, ‘संशोधनकर्ता माननीयसँगको छलफल नै जटिल छ ।’

बैठकमा सभापतिहरु रामहरि खतिवडा, विमला सुवेदी, अम्मरबहादुर थापा, अब्दुल खान, किरणकुमार साह, दिपकबहादुर सिंह सहभागी रहेका सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ६ : ०७ बजे

एमाले महाधिवेशन : सुरु भयो मतदान

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि

बुटवलमा औद्योगिक प्रदर्शनी बुधबारदेखि, तयारी पूरा

लुम्बिनी– रुपन्देहीमा हुने १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ– माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन गरिएको

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं– नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको तथा

भीरबाट लडेर एक वृद्धाको मृत्यु

बैतडी– स्याउला काट्न गएकी बैतडीकी एक वृद्धाको भिरबाट लडेर मृत्यु