द्वन्द्वको घाउ बाँकी नै छ, पीडितको न्याय मर्न दिँदैनौँ : उपप्रधानमन्त्री पौडेल « Khabarhub

द्वन्द्वको घाउ बाँकी नै छ, पीडितको न्याय मर्न दिँदैनौँ : उपप्रधानमन्त्री पौडेल


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


810
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं- उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेलले नेपाल सरकारले द्वन्द्व पीडितको न्याय मर्न नदिने बताएका छन् ।

बुधरबार प्रकाश स्मृति दिवसको अवसरमा इन्सेकले आयोजना गरेको प्रकाश स्मृति पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले पीडितहरूको न्यायको मागलाई सरकारले उचित रूपमा सम्बोधन गर्ने बताए ।

नेपाली समाजले एउटा पीडादायी द्वन्द्व भोगेको बताउँदै पौडेलले देश द्वन्द्वबाट बाहिर निस्किए पनि द्वन्द्वको घाउ अझै बाँकी नै रहेको बताए । ‘ द्वन्द्व अन्त्य भएको छ, शान्ति स्थापना भएको छ तर अझै पनि द्वन्द्वका घाउ निको भएका छैनन्’, उनले भने ।

पीडितको पक्षपोषण हुने गरी शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने उनले प्रतिबद्धता व्यक्त गरे । सरकार त्यही दिशामा अघि बढेको उनले बताए । ‘नेपाल सरकार पीडितको न्यायको पक्षमा रहेको छ’, उनले भने ।

नेपाली समाजले अनपेक्षित, अनावश्यक, अनुचित द्वन्द्वको सामना गर्नुपरेको पौडेलले बताए । नेपालले समयसम्म बोझका रूपमा सम्झिरहने द्वन्द्व भोग्नु परेको पौडेलको भनाइ छ ।

शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो टुङ्ग्याउनु पर्छ भन्ने कुरामा सरकार दृढ रहेको उनले बताएका छन् ।

पौडेलले मानव अधिकारको आन्दोलन निरन्तर चलिरहने आन्दोलन भएको बताउनुभयो । समय अनुसार यसको स्वरूप मात्र फरक हुने पौडेलले स्पष्ट पारे ।

इन्सेकले यस वर्षको प्रकाश मानव अधिकार पुरस्कार सङ्क्रमणकालीन न्यायका लागि संघर्षरत काभ्रेको नमोबुद्ध नगरपालिका दाप्चाकी ६२ वर्षीया पूर्णीमाया लामालाई प्रदान गरेको छ । पूर्णीमायाका पति अर्जुन लामालाई माओवादीले द्वन्द्वको बेलामा हत्या गरेका थिए ।

माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाको योजनामा उनको हत्या गरिएको आरोप छ । सापकोटाविरुद्धको मुद्दा अहिले पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ ।

मानवअधिकारकर्मी तथा इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा इन्सेकले उक्त पुरस्कार स्थापना गरेको हो । पुरस्कार ५० हजार रुपैँया राशिको रहेको छ ।

इन्सेकका संस्थापक महासचिव काफ्लेको २०४९ साल साउन १६ गते नुवाकोटको घोप्टेभिरमा भएको थाई एयर दुर्घटनामा निधन भएको थियो । नेपालको मानव अधिकार र सामाजिक न्यायको अभियानमा काफ्लेको महत्त्वपूर्ण योगदान थियो ।

आजको कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री केपी शर्मा ओली जाने कार्यक्रम थियो । तर स्वास्थ्यमा सामान्य समस्या आएपछि उनी कार्यक्रममा जान नसकेको पौडेलले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ६ : २१ बजे

लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणको प्रभावकारी कार्यान्वयनमा जोड

काठमाडौं– लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणका क्रियाकलापको कार्यान्वयनमा स्थानीय

२९ देशहरूद्वारा विश्व एआई सहयोग सङ्गठनको स्थापना सम्झौतामा हस्ताक्षर

साङ्घाई– विश्वका २९ वटा देशहरूले साङ्घाईमा विश्व कृत्रिम बुद्धिमत्ता (एआई)

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु– जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले अब

ओलीको गुनासो : एमालेलाई अझै एक्ल्याउन खोजिँदैछ, सरकार गोयबल्स शैलीमा अघि बढ्यो

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वालेन्द्र

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

धरान– सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद् प्रतिकार्य तयारीलाई