भारतमा डिजिटल भुक्तानी बढ्दै « Khabarhub

भारतमा डिजिटल भुक्तानी बढ्दै


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वको कुल डिजिटल भुक्तानीको आधा भारतमा मात्र हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) ले यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।

आरबीआईले जारी गरेको प्रतिवेदनमा विश्वमा हुने कुल डिजिटल भुक्तानीको ४८.५ प्रतिशत भारतमा मात्र हुने गरेको जनाइएको छ । आरबीआईले पछिल्ला ७ वर्षयता डिजिटल भुक्तानीको वृद्धिदर ५० प्रतिशत पुगेको जानकारी समेत दिएको छ ।

भारतीय समाचार संस्था एएननआईका अनुसार भारतमा ४ सय २८ लाख करोड भारतीय रुपैयाँ बराबरका १ खर्ब ६४ अर्ब पटक डिजिटल भुक्तानी भएका छन् ।

आरबीआईका अनुसार डिजिटल अर्थतन्त्रले भारतको कुल ग्राहस्थ उत्पादनको १० प्रतिशत हिस्सा ओगट्दै आएको छ । सन् २०२६ सम्म यो दोब्बर हुने आरबीआईको अपेक्षा छ ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ११ : ०३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको