आज २०८१ साल भदौ १५ गते शनिबारको राशिफल « Khabarhub

आज २०८१ साल भदौ १५ गते शनिबारको राशिफल


१५ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल भदौ १५ गते शनिबार तदनुसार सन् २०२४ अगष्ट ३१ तारिख। भाद्र कृष्ण पक्षको त्रयोदशी तिथि। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : विदेशमा भन्दा स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। राज्यका महत्त्वपूर्ण ठाउँमा काम गर्ने अवसर मिल्नेछ। परिवारको व्यवस्थापन गर्न नसक्दा बिबाद बढ्ने जोखिम देखिन्छ। अप्रिय समाचार सुन्नाले खानामा अरुची बढ्नेछ।

वृष : निजी काममा सहभागी हुनु फाइदा हुनेछ। तपाईंको बोलीमा शक्ति भएकाले बोल्दा ख्याल गर्नु राम्रो हुन्छ। सचेत भएर बोलेमा तपाईंको बोलीको प्रशंसा हुनेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : आज तपाईंले बनाएका योजना सफल बन्नेछन्। रोकिएका काम बन्ने दिन छ। नसोचेको धन हात लाग्नेछ। धेरै समय पछाडि बन्धुको साथ मिल्नेछ। परिवारको वैचारिक द्वन्द्वले उग्र रुप लिने जोखिम भने कायमै छ।

कर्कट : नयाँ ठाउँको चर्चाले मन छुनेछ। ज्ञान र विज्ञानको मर्म बुझ्ने अवसर प्राप्त हुनेछ। तपाईंले जटिल ठान्नुभएको काम सहजै बन्ने योग छ। प्रेमको नाममा खर्च बढ्नेछ। ऋणको भार बढ्ने भएकाले कारोबार गर्दा सचेत बन्नु राम्रो हुनेछ।

सिंह : लामो समयदेखि मनमा गुम्सिएका भाव पोख्ने समय छ। शुभग्रहको गोचरी बलियो भएकाले नयाँ योजना बनाउने हिम्मत गर्नु राम्रो हुनेछ। परिवारमा प्रेमको सुरुवात हुने दिन छ। विपरीत लिंगप्रति आकर्षण बढ्नेछ। घरमा अतिथिको आगामन हुनेछ।

कन्या : आम्दानी भन्दा खर्च बढ्नेछ। आफन्तसँग बोल्दा अप्रिय शब्द फुत्किने भएकाले सोचेर बोल्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। परिवारसँग शान्तिपूर्ण दिन बित्नेछ।

तुला : प्रविधिक र न्यायिक क्षेत्रमा सफलता मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयासले उत्साह बढाउने छ। व्यापारिक कारोबारमा फाइदा हुने योग छ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

वृश्चिक : दैनिकी उत्साहजनक छ। परिवारसँग रमाइलो घुमघाम हुनेछ। नराम्रो समाचारले भने केही समय मन अशान्त बन्नेछ। ठुला व्यक्तिसँगको संगतले समाजसेवाको अवसर मिल्नेछ।

धनु : नयाँ कामको थालनी हुनेछ। साथीको सहयोगमा ठुलाठुला कामको सुरुवात हुनेछ। समाज र राज्यले गरेको बेथितिको बारेमा चर्चा र परिचर्चा हुने भएकाले सभ्य समाजको सुरुवात हुनेछ। परिवारसँग रमाइलो भेटघाट हुने योग छ।

मकर : सञ्चित धन खर्च हुनेछ। सँगैका साथीले तपाईंको कुर काट्ने खतरा छ। तपाईंको कार्यशैको चारैतिरबाट आलोचना हुनेछ। न्यायपूर्वक गरेको लगानी र परिवारसँगको सम्बन्धले दिन रमाइलोे बन्नेछ।

कुम्भ : दिन सामान्य छ। परिवार, समाज र प्रेमिकाबाट अबहेलना हुनेछ। राज्यको तर्फबाट भय र त्रासको सम्भावना छ। यसले मन दुःखी बनाउने छ। राजनीतिक संगठनले भने संकटमा तपाईंलाई साथ दिनेछ।

मीन : अचानक स्वास्थ्यमा समस्या हुनसक्छ। खानपानमा विशेष ध्यान दिनुपर्ने दिन छ। अनुत्पादक क्षेत्रमा बढी नै खर्च हुनेछ। संकटमा पर्दा परिवार र संगठनको साथ मिल्नेछ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  ५ : ५४ बजे

जुम्ली किसानले राखे मार्सी धानको बेर्ना

जुम्ला – यहाँको प्रसिद्ध मार्सी धानको बीउ राखिएको छ ।

हाल्यान्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीको शानदार जित, लिभरपुल पराजित

काठमाडौं – इङ्लिस एफए कप अन्तर्गत क्वार्टरफाइनल खेलमा म्यानचेस्टर सिटीले

प्रहरी ‘अप्रेसन : १८९ जना पक्राउ

काठमाडौं – काठमाडौं प्रहरीले बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न

४८ घण्टाभित्र सम्झौता गर्न इरानलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानसँग विश्व व्यापारका

परमाणु ऊर्जा केन्द्रमा आक्रमण नगर्न आइएइएको सुझाव, रेडियोविकिरण चुहिने जोखिम

तेहरान – अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए)ले बुशेहर परमाणु ऊर्जा