भारतद्वारा बङ्गलादेशमा चलेका परियोजना स्थगित | Khabarhub Khabarhub

भारतद्वारा बङ्गलादेशमा चलेका परियोजना स्थगित


१५ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले बङ्गलादेशमा चलेका आफ्ना परियोजनाहरू स्थगित गरेको छ । भारतको विदेश मन्त्रालयले बङ्गलादेशमा चलिरहेका भारतीय परियोजनाबारे बयान दिँदै स्थगित गरिएको जनाएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भनेका छन्, ‘बङ्गलादेशमा चलिरहेका हाम्रा परियोजना (प्रोजेक्ट) हरु मौजुदा परिस्थितिका कारण स्थगित गरिएको छ ।’

उनले बङ्गलादेशको वर्तमान अवस्थामा सुधार भएर कानूनी व्यवस्था बहाल भएपछि त्यहाँको सरकारसँग भारतीय परियोजनाहरू कसरी सुरु गर्न सकिन्छ भनेर छलफल गरिने बताए ।

बङ्गलादेशमा आरक्षण विरोधी विद्यार्थी आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री शेख हसिनाले देश छाड्नु परेको थियो । हसिनाले देश छाडेपछि बङ्गलादेशमा ठूलो उथल–पुथल हुनुका साथै हिंसा र अल्पसङ्ख्यकहरू माथि आक्रमण हुँदै आएको छ ।

यद्यपि, बङ्गलादेशमा अहिले नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भइसकेको छ । तर, भारत अहिले पनि बङ्गलादेशको स्थिति स्थिर हुने समयको प्रतीक्षामा रहेको बीबीसी हिन्दीले जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  १२ : २४ बजे

२५ अंकले घट्यो शेयर बजार, कारोबार १० अर्ब माथि 

काठमाडौं–साताको पहिलो शेयर बजार घटेको छ । आइतबार नेपाल स्टक

नागरिकले भरोसा गर्ने वातावरण बनाएर कार्यसम्पादन गरौँ : महानिरीक्षक कुँवर

काठमाडौं– प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले इमानदारीता, पारदर्शिता, व्यावसायिक निष्ठा

एन्फा महिला लिग : कोशी प्रदेशको तेश्राे जित

काठमाडौं– राजधानीमा जारी एन्फा महिला लिगमा कोशी प्रदेशले लगातार तेश्रो

प्रतिबन्ध हटेपछिको टिकटक : थपिएका फिचर र सुरक्षा मामिला

राम्रो फलोअर भएका एकजना टिकटकर हुनुहुन्छ । उहाँलाई म्यूजिक क्षेत्रमा

चेक बाउन्समा एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुने

काठमाडौं– चेक अनादर (चेक बाउन्स) सम्बन्धी मुद्दामा दोषीलाई एक महिनादेखि