सिन्का बेचेर जीवन निर्वाह गर्दै उनासी वर्षीय धनबहादुर | Khabarhub Khabarhub

सिन्का बेचेर जीवन निर्वाह गर्दै उनासी वर्षीय धनबहादुर


१५ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

टक्सार – इच्छाशक्ति भएमा उमेरले नछेक्ने उदाहरण बनेका छन्– भोजपुर नगरपालिका–११ आम्तेकका धनबहादुर राई । उमेरले ७९ वर्ष पुगेका राई बाँसको सिन्का बनाएर भोजपुर बजारसम्म बिक्रीका लागि ल्याउने गर्छन्।

धनबहादुरमात्र होइन, उनका दालु रणबहादुरले पनि पहिला बाँसबाट सिन्का बनाएर बिक्री गर्दै आइरहेका थिए । धनबहादुरले भने, ‘विगतमा  १० देखि २० मुठाका दरले सिन्का बेच्ने गरेको थिएँ, अहिले भने एक सय २० सम्ममा बिक्री गर्दै आइरहेको छु ।’

 सिन्का बनाउन धेरै समय र मेहनत लाग्ने गरेको उनले बताए। उनले भने, ‘असी वर्ष पुग्न लाग्दा पनि पुरानो पेशा गरिरहेको छु, बजारमा ल्याएको सिन्का सबैले किन्ने गरेका छन् । धेरैले त तराईतिर लान पनि ल्याइदिनु है बाजे पनि भन्छन् ।’ 

आफ्नै घर नजिकै बाँसको झ्याङ रहेको र अन्यकोबाट किन्नु नपर्ने भएकाले पनि आफूहरू सानैदेखि नै यो पेशामा लागेको धनबहादुर सुनाउँछन्। उनले भने ‘अहिले त खाली युवाहरू विदेश जान तम्सिन्छन् तर, जोशजाँगर भए त गाउँघरमै पनि त्यत्तिकै त बस्नु पर्दैन। ‘

घरबाट १६ मुठा सिन्का लिएर बिक्रीका लागि सदरमुकाम आएका उनले केही समयमा नै ती सिन्का बिक्री गरिसकेको बताए। उनले ती सिन्का बिक्रीबाट एक हजार पाँच सयमाथि कमाएको बताए। सिन्का बिक्रीबाट राईले घरका लागि नुन, तेल किन्न सहजता भएको बताए। यस्तो काममा अहिलेका युवाले चासो नदेखाउँदा अबका दिनमा सिन्का पाउन मुस्किल हुने उनको भनाइ छ ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  ६ : ४३ बजे

विद्यालयमा इजरायलको आक्रमण : राष्ट्र संघका कर्मचारीसहित १८ जनाको मृत्यु

जेरुसेलम – इजरायली सेनाले केन्द्रीय गाजामा रहेको संयुक्त राष्ट्र संघले

मौसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा अति भारी वर्षा हुने

काठमाडौं – अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल

कार्यान्वयन नहुँदै संविधान संशोधन किन ?

संविधान जारी भइसकेपछि हरेक १० वर्षमा कार्यान्वयन के–कस्तो भयो भनेर

पढ्दै कमाउँदै कार्यक्रम प्रति विद्यार्थीको आकर्षण

मध्यविन्दु – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका-२ स्थित शिव नमूना

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल भदौ २७ गते बिहीबार सन्