मार्क्सवादी ज्ञान केन्द्रको अध्यक्षमा पुनः तिमिल्सिना | Khabarhub Khabarhub

मार्क्सवादी ज्ञान केन्द्रको अध्यक्षमा पुनः तिमिल्सिना


१५ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं मार्क्सवादी ज्ञान केन्द्रको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले पुनः मनहरि तिमिल्सिनाको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ ।

आज सम्पन्न अधिवेशनमा वरिष्ठ उपाध्यक्षमा इन्द्रराज भट्टराई, उपाध्यक्षमा रेशमकुमार अधिकारी, महासचिवमा हुमनाथ न्यौपाने, उपमहासचिवमा दुस्यान्त भट्टराई, सचिवमा सागर अधिकारी र कोषाध्यक्षमा राधिका ओझा चयन भएका छन् ।

सदस्यमा भीमप्रसाद सुवेदी, भूपनारायण यादव, त्रिविक्रम ज्ञवाली, सीता कडरिया, टीका ओली, डा शंकर खतिवडा, आस्था घिमिरे, राजुराम सार्की भुल, मीनादेवी नेपाल र लक्ष्मण गुरुङ चयन भएका छन् ।

यस्तै, सभाले ज्ञान केन्द्रका विभाग प्रमुख र प्रदेश अध्यक्षसमेत चयन गरेको छ । अध्यक्ष तिमिल्सिनाले ज्ञान केन्द्रले वैचारिक कामलाई थप सशक्त ढङ्गले अगाडि बढाउने प्रतिबद्धता जनाए। नवनिर्वाचित कार्यसमितिले मार्क्सवादी विचार निर्माणमा महत्वपूर्ण योगदान गर्ने, केन्द्रप्रतिको अपेक्षा तथा भरोसालाई जीवन्त राख्ने क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की नेतृ एवं पूर्वमन्त्री रेखा शर्माले कम्युनिष्ट पार्टीले नयाँ पुस्तालाई गहिरो ढङ्गले राजनीतिकरण गर्न नसकेको, मार्क्सवादी दर्शन तथा वैचारिक रूपमा उभ्याउन नसकिरहेको अवस्थामा ज्ञान केन्द्रको प्रयास निकै सराहनीय रहेको बताए ।

केन्द्रले मार्क्सवादी विचार, राजनीतिक संस्कार, संस्कृतिप्रति आस्थावान् व्यक्तिलाई जोडेर अगाडि बढिरहेकामा उनले खुसी व्यक्त गरे । ‘माक्र्सवादको लक्ष्य हासिल गर्न विचार निर्माण आवश्यक छ । मानिसलाई सचेत बनाउनुपर्ने छ । कम्युनिष्ट आदर्श र दर्शन अनुकूल आचरण तथा व्यवहारका विषयमा सचेत गराउनुपर्ने छ’, उनले भने ‘विज्ञान प्रविधिको विकास र बदलिँदो परिस्थितिअनुसार मार्क्सवाद कस्तो हुने र कसरी ग्रहण गर्ने भन्ने विषयमा एउटा निष्कर्ष निकाल्नुपर्ने छ । यसमा पनि यहाँहरूको भूमिका रहोस् ।’

भेलामा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता प्रमेश हमालले मार्क्सवाद निरन्तर विकास हुँदै गएको सामाजिक विज्ञान भएकाले मार्क्सवादी दर्शनबारे सिकाइको प्रक्रियालाई अझ परिपक्व बनाएर लैजानुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  ७ : १० बजे

बाढी पहिरोले बन्द माथिल्लो तामाकोशी जलविद्युत आयोजना सञ्चालनमा

दोलखा– गत असोज १२ र १३ गतेको अविरल वर्षापछि आएको

वार्षिक ४५ ट्रिलियन येनको पूर्वाधार निर्यात गर्ने जापानको लक्ष्य

टोकियो – जापान सरकारले ऊर्जा र खाद्य क्षेत्रहरूमा आपूर्ति शृङ्खलाहरू

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

पर्साको पोखरियामा मालपोत कार्यालय स्थापना गर्ने निर्णय

पर्सा– पर्साको पोखरिया नगरपालिकामा मालपोत तथा नापी कार्यालय स्थापना हुने

विपन्न परिवारलाई चुलो वितरण

चितवन– चितवनको सौराहास्थित सपना भिलेज सोसल इम्प्याक्ट नामको गैरसरकारी संस्थाले