जनताको सुरक्षा सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री कार्की « Khabarhub

जनताको सुरक्षा सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री कार्की


१५ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

धरान – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताको सुरक्षा प्रदेश सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् ।

धरान उपमहानगरपालिका–१८ स्थित इलाका प्रहरी कार्यालयको हिरासत भवनको आज उद्‌घाटन गर्दै उनले जनताको पहिलो चासोको विषय शान्तिसुरक्षा भएकाले त्यसतर्फ सरकारको विशेष ध्यान जाने स्पष्ट पारे।

जनतालाई सुरक्षित महसुस गराउनका लागि भवनहरू बनाउँदा मापदण्डलाई कठाइका साथ अपनाउनुपर्ने बताउँदै उनले भने, ‘विकासका निर्माणहरूमा अघि बढ्नुस्, प्रदेश सरकार सधैँ सहयोग गर्न तयार छ ।’

धरानलाई खेलकुद र लाहुरेको सहर भनेर चिनिने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक हिसाबले पनि धरान त्यतिकै महत्त्वपूर्ण छ भने।

हिरासत भवनको उद्घाटनका अवसरमा कोशी प्रदेशसभा सदस्य रमेशकुमार बस्नेत, सशस्त्र प्रहरी नायब महानिरीक्षक शम्भु सुवेदी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम दाहाल, राष्ट्रिय अनुसन्धान विभाग कोशी प्रदेश प्रमुख इन्द्र लामा, सशस्त्र प्रहरी बल नेपाल ४ नं गण जिल्ला हेडक्वार्टर सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  ७ : ५२ बजे

‘बर्न’ उपचार केन्द्र विस्तार गर्न  प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र

भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्दा नौ जनाको मृत्यु

नयाँदिल्ली– भारतको पश्चिमी क्षेत्रमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने केन्द्रमा

एमालेले भन्यो : सञ्चारगृहमा गाडी राखेर अवरोध लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको प्रहार

काठमाडौं – नेकपा (एमाले) कान्तिपुर र अनलाइनखबरसहितका सञ्चारमाध्यमअगाडि गाडी तेर्स्याएर

गृहमन्त्रीले भेट्न नमानेपछि सिंहदरबार गेटमै धर्ना बसे बिनु र निहारिका (तस्बिरहरू)

काठमाडौं- न्याय माग्न खोज्दा गृहमन्त्री भेट्न नमानेको भन्दै निहारिका राजपुत

ट्रम्प र नेतान्याहुको पनि ‘आकस्मिक मृत्यु’ हुनसक्ने इरानको चेतावनी

तेहरान- अमेरिकी सिनेटर लिन्जी ग्राहमको आकस्मिक निधनपछि इरानका केही सरकारनिकट