हमाससँगको युद्ध विरामबारे इजरायलका प्रधानमन्त्री र रक्षामन्त्रीबीच विवाद « Khabarhub

हमाससँगको युद्ध विरामबारे इजरायलका प्रधानमन्त्री र रक्षामन्त्रीबीच विवाद


१५ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


639
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हमाससँगको युद्ध विरामको विषयमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षमन्त्री योआभ गल्लान्टबीच विवाद भएको छ ।

मिडिया रिपोर्टका अनुसार विहिबार बसेको वार क्याबिनेटको बैठकमा प्रधानमन्त्री नेतान्याहू र रक्षामन्त्री गल्लान्टबीच भनाभन भएको थियो । प्रधानमन्त्री नेतान्याहूले हमाससँग युद्ध विराम भएपनि इजरायली सेनाले गाजा र इजिप्टको सीमामा रहेको १४ किलोमिटर लामो फिलाडेल्फी कोरिडोर छोड्न नहुने धारणा राखेका थिए ।

यो कोरिडोर अहिले इजरायली सेनाको नियन्त्रणमा रहेको छ । इजरायलले यस कोरिडोरबाट हमासले हतियारको तस्करी गर्ने आरोप लगाएको छ ।

युद्ध विरामको समयमा इजरायलले सो कोरिडोर छोड्नुपर्ने प्रमुख शर्त हमासले राखेको छ । क्याबिनेट बैठकमा प्रधानमन्त्री नेतान्याहूले कसरी इजरायली सेना सो कोरिडोरमा रहन सक्छन् भन्ने नक्शामै ब्रिफ गरेर देखाएका थिए ।

नेतान्याहुको ब्रिफिङको रक्षामन्त्रीले विरोध गरेको विभिन्न इजरायली मिडियाहरुले उल्लेख गरेका छन् । रक्षामन्त्रीले हमासले यो शर्त नमान्ने र अपहरण गरिएका व्यक्तिहरु नछोड्ने बताएका थिए ।

रक्षमन्त्रीले नेतान्याहूलाई सो बैठकमा ३० जना नागरिकको जीवन खतरामा पर्ने भन्दै सहमति अनुसार कोरिडोर खाली गर्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  ८ : २७ बजे

ट्रम्पले भने- इरानमा नयाँ नेतृत्व खोज्ने समय आएको छ

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह अली

सरोज स्मृति कप भलिबलको उपाधि मेलम्चीलाई

चौतारा– प्रथम सरोज स्मृति कप पुरुष भलिबल प्रतियोगिताको उपाधि मेलम्ची

निर्वाचन आयोगलाई अर्थमन्त्रीले भने- कम खर्चमा चुनाव सम्पन्न गराऔँ

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले प्रतिनिधिसभा सदस्य निर्वाचन मितव्ययी हुनुपर्नेमा जोड

नेकपा केन्द्रीय सदस्य रायसहितको टोली जसपा नेपालमा प्रवेश

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् पूर्व श्रममन्त्री रामेश्वर

निर्वाचन तालिका स्थगित गर्नुपर्ने माग लिएर देउवा समूह आयोग पुग्दै

काठमाडौं- नेपाली कांग्रेसको वैधानिकता गुमाएको शेरबहादुर देउवा समूहले फागुन २१