विकासमा छुटेको कर्णाली रास्वपाले जोड्छ : रवि लामिछाने « Khabarhub

विकासमा छुटेको कर्णाली रास्वपाले जोड्छ : रवि लामिछाने


१५ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

कर्णाली – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सदैव विकासमा छुटेको कर्णालीलाई अब आफ्नो पार्टीले जोड्ने बताएका छन् ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा वीरेन्द्रनगरमा आज आयोजित कर्णाली विशेष अभियानको प्रदेश भेलामा सभापति लामिछानेले कर्णालीले पटकपटक नेताहरुलाई जिताएर सिंहदरबार पठाए पनि ती जनप्रतिनिधहरुले आफू र आफ्नालाई बनाउनेबाहेक अरू केही नगरेको टिप्पणी गरे ।

उनले भने, “कर्णालीले जितेन, सधैँ हा¥यो । अब विकासमा जोड्नका लागि आगामी चुनावमा यसले रास्वपालाई सबैभन्दा बढी मत दिएर जिताउँछ भन्ने अपेक्षा गरेको छु ।”

राजनीतिमा आँट, तागत र ढङ्ग हुन आवश्यक रहेको बताउँदै सभापति लामिछानेले आगामी निर्वाचनमा पुराना नेताहरुलाई स–सम्मानका बिदा गर्ने जिकिर गरे ।

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका उनले भने, “विकासमा कर्णाली छुट्यो तर यसले चुनेर पठाएका एकएकका परिवार गोरु बेचेको साइनो परेको मान्छे सबलाई पुगेको छ कोही छुटेको छैन् ।”

घण्टीसँगै जिम्मेवारी, जनताको ‘एजेन्डा’ बोकेर अगाडि बढेको रास्वपालाई ०८४ को चुनावमा कर्णालीले सबैभन्दा बढी मत दिने उनले दाबी गरे ।

पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले सहर मात्र नभई गाउँगाउँमा पनि रास्वपा फैलिँदै गएको बताए । उनले रास्वपा चार महिना सरकारमा हुँदा विधिगत काम मात्र गरेको जिकिर गरे ।

सभापतिलाई अनावश्यक दुःख दिन समिति बनाए पनि त्यो गलत साबित हुँदै गएको जनाउँदै उनले वर्षौंदेखि रजगज गरेकाहरुले भ्रम छर्ने काम गरेको आरोप लगाए । सासंद विनिता कठायतले रास्वपा कर्णाली विकासको आधारशिला हुने तर्क गरे ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  ९ : १९ बजे

‘बर्न’ उपचार केन्द्र विस्तार गर्न  प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र

भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्दा नौ जनाको मृत्यु

नयाँदिल्ली– भारतको पश्चिमी क्षेत्रमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने केन्द्रमा

एमालेले भन्यो : सञ्चारगृहमा गाडी राखेर अवरोध लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको प्रहार

काठमाडौं – नेकपा (एमाले) कान्तिपुर र अनलाइनखबरसहितका सञ्चारमाध्यमअगाडि गाडी तेर्स्याएर

गृहमन्त्रीले भेट्न नमानेपछि सिंहदरबार गेटमै धर्ना बसे बिनु र निहारिका (तस्बिरहरू)

काठमाडौं- न्याय माग्न खोज्दा गृहमन्त्री भेट्न नमानेको भन्दै निहारिका राजपुत

ट्रम्प र नेतान्याहुको पनि ‘आकस्मिक मृत्यु’ हुनसक्ने इरानको चेतावनी

तेहरान- अमेरिकी सिनेटर लिन्जी ग्राहमको आकस्मिक निधनपछि इरानका केही सरकारनिकट